लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

  • वैशाख ९, २०८२
  • २,५८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ सेरेङ लिङथेप लिम्बु वंशावली धरानमा मंगलवार विमोचन भएको छ ।

शनिवार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको सभा भवनमा सो विमोचन गरीएको हो ।

FINAL NEWS PHOTO = 2 वंशावलीको विमोचन साङ्धुङ्गे सेरेङ सङ्जुम्भोका अध्यक्ष सेसेमी सेरेङ नाल्वोले गरेका थिए ।

कार्यक्रममा वंशावली प्रकाशनको लागि आर्थिक सहयोग गर्ने, सम्पादनमा रहेर सहयोग गर्ने लगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरीएको थियो ।

FINFL NEWS PHOTO = 3

सुवेदार तुलाराम सेरेङ लिङथेपको अध्यक्षतामा भएको सो कार्यक्रममा जय नारायण लिङथेप लगायतको उपस्थिति रहेको थियो ।

लिम्वु समुदाय भित्रको लिङथेप थरको पहिचान अस्तित्व र इतिहासको खोजी गर्नको लागि वंशावली प्रकाशन गरेको लेखक तथा सम्पादनका संयोजक उत्तम कुमार लिङथेपले वताउनु भयो ।

नेपालका विभिन्न जिल्लामा वसोवास गर्ने लिङथेपहरु २२० घर धुरीको संख्यामा रहेकोमा संखुवासभा नगरपालिकाको वडा नं ७,८ र ९मा बाक्लो रुपमा वसोवार रहेको वंशावली लेखक तथा सम्पादक उत्तम लिङथेपले जानकारी दिनुभयो ।

लिङथेपहरुको पहिलो संस्करण वंशावली भएकोले आधुनिक किसिमको (सोध विधिवाट) तथ्याङ्क तयार गरीनुका साथै लिङथेप वंशवाली भित्र हाडनाता नपरोस कुल कुटुम्व प्रष्ट होस भन्ने उदेश्यले छोरी चेली पट्टीको ज्वाईहरुको नाम थर र वंश समेत छुट्याईएको लिङथेपको भनाई रहेको छ ।

लिङथेपहरु संखुवासभा,धनकुटा,सुनसरी,मोरङ,झापा, इलाम र केही दार्जिलिङमा समेत वसोवास गरेको समितिको अध्ययनले देखाएको छ ।
कार्यक्रममा उदय तुक्वाहाम्फेले वंशावली संकलन र प्रकाशन आफैमा कठिन काम भएको वताए ।

कार्यक्रमको संचालन शशीकुमार लिङथेपले गर्नुभएको थियो भने इन्द्रमान लिङथेपले स्वागत मन्तव्य दिनुभएको थियो ।

FINAL NEWA PHOTO = 4 FINAL NEWS PHOTO = 5 1

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic