फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम्वु सम्मानीत फुटवलमा आफ्नो भविष्य खोज्दै लकेन

  • वैशाख १४, २०८२
  • १,५५० पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक्वुलाई सम्मान गरेको छ ।

क्लवले धरान–१६ ज्ञान विज्ञान चोक स्थित सावाली किचनमा एक कार्यक्रमको आयोजना गरी लिम्वुलाई सम्मान गरेको हो ।

युवा खेलाडीलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको क्लवका अध्यक्ष दिलिप भुजेलले वताउनुभयो ।

FOUCS CLUB NEWS PHOTO =2 उहाँले भन्नुभयो–भाई हाम्रो वडाको पनि भएको र खेल क्षेत्रमा छोटो समयमा धेरै ठूलो उपलव्धि हासिल गर्न सफल भएकोले हामीले थप प्रोत्साहन गर्नको लागी सम्मान गरेका हौ ।

सिंगापुरबाट फुटवल क्षेत्रमा प्रवेश गरेका लिम्वुले नेपाल आएपछि धरानबाट पुर्न आफ्नो फुटवलको यात्रालाई निरन्तरता दिएका थिए ।

धरानमा उनले वडास्तरीय प्रतियोगिता देखि विभिन्न मोफसलका गोल्डकप, ए डिभिजन क्लवहरु हुदै भारतको दिल्ली फुटवलबाट समेत आफ्नो खेल कौशलता प्रर्दशन गरीसकेकाछन् ।

लिम्वुले शनिवार सम्पन्न नेपाल सुपर लिगमा झापा फुटवल क्लवकातर्फबाट कप्तानको भूमिका निर्वाह गरेका थिए । हाल उनी राष्ट्रिय टिमका मिड फिल्डरको भूमिकामा खेल्दै नेपाली फुटवललाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउनका लागि उनी उत्कृष्ट कौशलता प्रर्दशन गर्ने तयारीमा रहेकाछन् ।

FOUCS CLUB NEWS PHOTO =3 केही समयपछि हङकङसंग हुने खेलमा नेपालबाट प्रतिष्पर्धा गर्नको लागि तयारी गरीरहेको लिम्वुले वताएकाछन् ।

LAKEN PLAYER लकेनका वुवा श्याम लिम्वु सिंगापुर प्रहरीका सेवा निवृत्त प्रहरी निरीक्षक हुन । वुवा कार्यरत हुँदा उनी पनि सिंगापुरमा नै रहेका थिए ।

लकेनका वुवा श्याम लिम्वुले छोराको फुटवल क्षेत्रबाट आफ्नो भविष्य वनाउने सपनालाई साकार पार्न आफूले जस्तो सुकै मूल्य चुकाउनु परेपनि पछि नपर्ने वताउनुभयो ।

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic