तरुण दल सुनसरी १ मा अजय राई

  • जेठ १, २०८२
  • ८७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अजय राई निर्वाचित भएका छन् ।

तरुण दल सुनसरी संसदीय निर्वाचन क्षेत्र १ को मङ्गलवार धरानमा सम्पन्न ५ औँ अधिवेशनबाटराई अध्यक्षमा निर्वाचित भएका हुन ।

कोशी प्रदेश समिति (क) सभापतिमा जीवन लिम्बु र प्रदेश (ख) सभापतिमा साजन राई निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको र सबैलाई बोल्ने स्वतन्त्रता भएको वताए ।

युवाहरू बिना कुनै पार्टी नचल्ने बताउँदै महामन्त्री थापाले युुवाहरू भनेको देशको शक्ति भएको र उनीहरु विना पार्टी अगाडि वढन नसक्ने वताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङ,काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान सभापति श्याम पोख्रेल, निवर्तमान मेयर तिलक राई लगायत पार्टीका नेताहरूले शुभकामना प्रकट गरेका थिए ।

नयाँ कार्यसमिति

तरुण दल सुनसरी–१ संसदीय निर्वाचन क्षेत्रीय कार्यसमितिको सभापतिमा अजय राई, उपसभापति रोशन राई, विशाल बस्नेत, कृष्ण राई, ज्वाला तुलाधर निर्वाचित भएका छन् ।

सचिवद्धय विमल बुढाथोकी, सुजन खड्का, सहसचिव अधिय श्रेष्ठ, जसमान लिम्बु, अशेष लिम्बु, कोषाध्यक्ष प्रसन्न गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदिप राई, सुवास केसी, विसम राई, कुसाङ्ग थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई, सुमित्रा कालिकोटे सर्वसम्मत चयन भएका हुन ।

सुनसरी–१ प्रदेश सभा क सभापति जीवन लिम्बु उपसभापति भवानी बास्तोला, सचिव रुमित कुमार खत्री र कोषाध्यक्ष राजमाया लिम्बु रहेका छन् ।

सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भुपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ्ग राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य, दिल बहादुर राई चयन भएका छन् ।सुनसरी–१ प्रदेश सभा ख सभापति साजन राई, उपसभापति रोहित राई, सचिव सुनिल तामाङ कोषाध्यक्ष बिनु राई चयन भएका छन् ।

सदस्यहरू प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की, सेमिहाङ्ग राई सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन अधिकृत भरत शाक्यले नवनिर्वाचित ३ वटै क्षेत्र र प्रदेशका कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाण–पत्र वितरण गरे ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic