तरुण दल सुनसरी १ मा अजय राई

  • जेठ १, २०८२
  • ७९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अजय राई निर्वाचित भएका छन् ।

तरुण दल सुनसरी संसदीय निर्वाचन क्षेत्र १ को मङ्गलवार धरानमा सम्पन्न ५ औँ अधिवेशनबाटराई अध्यक्षमा निर्वाचित भएका हुन ।

कोशी प्रदेश समिति (क) सभापतिमा जीवन लिम्बु र प्रदेश (ख) सभापतिमा साजन राई निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको र सबैलाई बोल्ने स्वतन्त्रता भएको वताए ।

युवाहरू बिना कुनै पार्टी नचल्ने बताउँदै महामन्त्री थापाले युुवाहरू भनेको देशको शक्ति भएको र उनीहरु विना पार्टी अगाडि वढन नसक्ने वताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङ,काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान सभापति श्याम पोख्रेल, निवर्तमान मेयर तिलक राई लगायत पार्टीका नेताहरूले शुभकामना प्रकट गरेका थिए ।

नयाँ कार्यसमिति

तरुण दल सुनसरी–१ संसदीय निर्वाचन क्षेत्रीय कार्यसमितिको सभापतिमा अजय राई, उपसभापति रोशन राई, विशाल बस्नेत, कृष्ण राई, ज्वाला तुलाधर निर्वाचित भएका छन् ।

सचिवद्धय विमल बुढाथोकी, सुजन खड्का, सहसचिव अधिय श्रेष्ठ, जसमान लिम्बु, अशेष लिम्बु, कोषाध्यक्ष प्रसन्न गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदिप राई, सुवास केसी, विसम राई, कुसाङ्ग थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई, सुमित्रा कालिकोटे सर्वसम्मत चयन भएका हुन ।

सुनसरी–१ प्रदेश सभा क सभापति जीवन लिम्बु उपसभापति भवानी बास्तोला, सचिव रुमित कुमार खत्री र कोषाध्यक्ष राजमाया लिम्बु रहेका छन् ।

सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भुपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ्ग राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य, दिल बहादुर राई चयन भएका छन् ।सुनसरी–१ प्रदेश सभा ख सभापति साजन राई, उपसभापति रोहित राई, सचिव सुनिल तामाङ कोषाध्यक्ष बिनु राई चयन भएका छन् ।

सदस्यहरू प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की, सेमिहाङ्ग राई सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन अधिकृत भरत शाक्यले नवनिर्वाचित ३ वटै क्षेत्र र प्रदेशका कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाण–पत्र वितरण गरे ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic