धरानमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना

  • जेठ ८, २०८२
  • ४,९९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ८ जेठः  खेलकुदको शहर उपनामले परिचित धरानमा धरान व्याडमिन्टन ग्रुपको आयोजनामा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

ग्रुपले वुधवार सावाली किचनमा पत्रकार सम्मेलनगरी प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने वारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता जेष्ठ २३ र २४ गते प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।

संयोजक चाम्लिङले पुरुष युगल तर्फ मेन्स डबल बि लेभलतर्फ प्रथम राशी ५१ हजार, दोश्रो पुरस्कार २७ हजार र तेश्रो पुरस्कार ९ हजार,९हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने जानकारी दिए ।

त्यसैगरी उनका अनुसार मिश्रित युगलतर्फ बि लेभल महिला खुल्लातर्फ प्रथम पुरस्कार ३० हजार, दोश्रो पुरस्कार १७ हजार र तेश्रो पुरस्कार ५ हजार र ५हजार साथै मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनेछ ।

आन्तरिक धरान नगर स्तरीय सि लेभलको लागि प्रथम पुरस्कार १५हजार, दोश्रो पुरस्कार १०हजार र तेश्रो पुरस्कार ३हजार र३ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा ४ लाख ५ हजार खर्च लाग्ने अनुमान रहेको छ ।

व्याडमिन्टन ग्रुपका संयोजक मणि चाम्लिङले धरान–१३ अमर सेवा समाजको भवनमा आयोजना गरिने जानकारी गराएका हुन् ।

संयोजक चाम्लिङले प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिँदै कोशी प्रदेशभरि खेल पर्यटन,स्वस्थ जीवनशैली,र आपसी भाइचारा बढाउनु रहेको बताएका छन् ।

प्रतियोगिताले प्रदेशका १४ जिल्लाका उत्कृष्ट खेलाडीहरूलाई एकै ठाउँमा ल्याएर अनुभव आदान–प्रदान गर्ने,खेलकुदमार्फत आर्थिक गतिविधि बढाउने, र युवा प्रतिभालाई राष्ट्रिय पटकमा प्रस्तुत गर्ने मार्ग प्रशस्त गर्ने आयोजकको अपेक्षा छ।

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic