कृष्णसेनको स्मृतीमा धरानमा अन्तरसंवाद

  • जेठ १३, २०८२
  • ५८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १३ जेठः प्रेस सेन्टर नेपाल, सुनसरीले जनपक्षीय पत्रकारिताका सशक्त योद्धाका रूपमा चिनिएका शहीद पत्रकार कृष्णसेन इच्छुकको २३औं स्मृति दिवसका अवसरमा मंगलबार एक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ।

धरान–३, सदन रोडस्थित प्रेस सेन्टरको कार्यालयमा आयोजित कार्यक्रममा कृष्णसेन इच्छुक र जनपक्षीय पत्रकारिता विषयमा विचार विमर्श गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पत्रकार इच्छुकको योगदानको स्मरण गर्दै जनताको पक्षमा कलम चलाउने पत्रकारलाई प्रेरणाको स्रोतका रूपमा वर्णन गरे। उनले अर्को प्रसङ्गमा गृहमन्त्रीकै संरक्षणमा मानव तस्करी भएको आरोप लगाउँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका पूर्व सभापति केशब घिमिरे, प्रेस सेन्टरका पूर्व केन्द्रीय उपमहासचिव राजन केडी लगायतका वक्ताहरूले इच्छुकको जीवन, योगदान र बलिदानीबारे चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूले कृष्णसेन इच्छुकको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरीका निवर्तमान अध्यक्ष जनकरिषि राई, प्रेस सेन्टरका पुर्ब केन्द्रीय सदस्यद्वय श्रीसिसा राई र अर्जुन शर्मा, वाईसीएल धरानका अध्यक्ष दीपक घिसिङ, धरान–३ का वडा सदस्य मिङमा भोटे, माओवादी केन्द्र धरानका निवर्तमान उपाध्यक्ष सर्बजित राई लगायतको उपस्थिति थियो ।

कार्यक्रम प्रेस सेन्टर, सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव विनोद विश्वकर्माले गरेका थिए।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic