कृष्णसेनको स्मृतीमा धरानमा अन्तरसंवाद

  • जेठ १३, २०८२
  • ४६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १३ जेठः प्रेस सेन्टर नेपाल, सुनसरीले जनपक्षीय पत्रकारिताका सशक्त योद्धाका रूपमा चिनिएका शहीद पत्रकार कृष्णसेन इच्छुकको २३औं स्मृति दिवसका अवसरमा मंगलबार एक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ।

धरान–३, सदन रोडस्थित प्रेस सेन्टरको कार्यालयमा आयोजित कार्यक्रममा कृष्णसेन इच्छुक र जनपक्षीय पत्रकारिता विषयमा विचार विमर्श गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पत्रकार इच्छुकको योगदानको स्मरण गर्दै जनताको पक्षमा कलम चलाउने पत्रकारलाई प्रेरणाको स्रोतका रूपमा वर्णन गरे। उनले अर्को प्रसङ्गमा गृहमन्त्रीकै संरक्षणमा मानव तस्करी भएको आरोप लगाउँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका पूर्व सभापति केशब घिमिरे, प्रेस सेन्टरका पूर्व केन्द्रीय उपमहासचिव राजन केडी लगायतका वक्ताहरूले इच्छुकको जीवन, योगदान र बलिदानीबारे चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूले कृष्णसेन इच्छुकको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरीका निवर्तमान अध्यक्ष जनकरिषि राई, प्रेस सेन्टरका पुर्ब केन्द्रीय सदस्यद्वय श्रीसिसा राई र अर्जुन शर्मा, वाईसीएल धरानका अध्यक्ष दीपक घिसिङ, धरान–३ का वडा सदस्य मिङमा भोटे, माओवादी केन्द्र धरानका निवर्तमान उपाध्यक्ष सर्बजित राई लगायतको उपस्थिति थियो ।

कार्यक्रम प्रेस सेन्टर, सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव विनोद विश्वकर्माले गरेका थिए।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic