लेउती खोलाको बाढीले धरान धनकुटा सडक अवरुद्ध

  • जेठ १७, २०८२
  • ३६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ जेठः शुक्रवार राति परेको अविरल वर्षाका कारण धनकुटामा लेउती खोलाको बाढीले सडक अवरुद्द भएको छ ।

बिहानदेखि अबिरल परेको बर्षाले जिल्लाको सांगुरीगढी गाउंपालिका ६ कोशी लोकमार्ग स्थित फेदीमा लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि आज बिहान ४ः४५ बजेको समयमा सांगुरिगढी गापा ६ कोशि लोकमार्ग स्थित नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अबरुद्द भएको छ ।

खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रनानि रमेश प्रधानको कमान्डमा ५ जना र नेपाली सेनाको ५ जना गरि १० जनाको टोलि खटि गई उक्त अवरोध हटाउने कार्य भइरहेको प्रनि श्रेष्ठले बताए ।

त्यसैगरी चौबिसे गापा ४ निर्माणधिन तमोर करिडोर सडक खण्ड अन्तर्गत अबिरल परेको बर्षाको कारण छरुवा खोलमा बाढी आई दुबै तर्फ सवारी साधन आबत–जाबत ठप्प भएको छ ।

सो स्थानमा अल्थायी प्रहरी पोष्ट फलामेटार प्रसनि श्याम परियारको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic