यातायात व्यवसायीद्वारा यातायात बन्द

  • जेठ १९, २०८२
  • ३८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ जेठः यातायात व्यवसायीहरूले सोमवार देखी देशभर अनिश्तिकालिन यातायात हडताल गरेका छन् ।

गण्डकी प्रदेश सरकारले निजी नम्बर प्लेटका गाडिलाई ‘राइड सेयरिङ’ को नाममा भाडामा यात्री बोक्न पाउने नियमावली लागु गरेको विरोधमा यातायात व्यवसायीहरूले यातायात हडताल गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिएकाछन् ।

श्रेष्ठका अनुसार सङ्घर्ष समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भए बमोजिम यातायात बन्द भएको हो ।

वन्दका कारण धरानबाट संचालन हुने कुनै पनि सार्वजनिक यातायातहरु संचालन हुन सकेको छैन ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।

उक्त नियमावली खारेजीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न गरिएको अनुरोधमा सुनुवाइ भएन । सुनवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनले बताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic