यातायात व्यवसायीद्वारा यातायात बन्द

  • जेठ १९, २०८२
  • २७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ जेठः यातायात व्यवसायीहरूले सोमवार देखी देशभर अनिश्तिकालिन यातायात हडताल गरेका छन् ।

गण्डकी प्रदेश सरकारले निजी नम्बर प्लेटका गाडिलाई ‘राइड सेयरिङ’ को नाममा भाडामा यात्री बोक्न पाउने नियमावली लागु गरेको विरोधमा यातायात व्यवसायीहरूले यातायात हडताल गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिएकाछन् ।

श्रेष्ठका अनुसार सङ्घर्ष समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भए बमोजिम यातायात बन्द भएको हो ।

वन्दका कारण धरानबाट संचालन हुने कुनै पनि सार्वजनिक यातायातहरु संचालन हुन सकेको छैन ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।

उक्त नियमावली खारेजीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न गरिएको अनुरोधमा सुनुवाइ भएन । सुनवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनले बताए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic