प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको जोडीलाई

  • जेठ २७, २०८२
  • ७८५ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि संयोग वस्नेत र सगुन कार्कीको जोडीले हात पारेको छ ।

धरान ब्याडमिन्टन ग्रुपद्वारा आयोजना गरिएको सो प्रतियोगिताको उपाधि वस्नेत र कार्कीले हात पारेका हुन् ।

प्रतियोगितमा मेन्स् डबल बि लेभलतर्फ एभरेष्ट ब्याडमिन्टन क्लबका संयोग बस्नेत र सगुन कार्कीको जोडी चेम्पियन बनेका थिए । उनीहरुले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल भएका थिए ।

त्यसैगरी प्रतियोगितमा ‘बि’ लेभल मिक्स डबल तर्फको उपाधि अनमोल राई र गीता राईले हात पारेका थिए । धरान नगर स्तरीय मेन्स डब्बल सि अन्तरगत आशिष राई र मनिल राईले विजेताको उपाधि हात पार्न सफल भएका थिए ।

मेन्स् डब्बल बि तर्फ एभरेष्ट ब्याडमिन्टन क्लबका सम्योग बस्नेत र सुगनु कार्कीको जोडीले गाईघाटका हिमाल श्रेष्ठ र सुशिल तिम्सिनाको जोडीलाई २१÷१६ र २१÷९ को सोझो सेटमा पराजित गरेका थिए ।

GAME NEWS PHOTO उपविजेता हुने हिमाल र सुशीलको जोडिले नगद २७ हजार ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगितामा प्रदीप श्रेष्ठ र जोसेफ ठकुरी तथा गौरव र एन्ड्रेस लिम्बुको जोडी तेस्रो स्थान पाउन सफल भए । उनीहरूले नगद ९÷९ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

त्यसैगरी रेफ्री सिटौलाको अनुसार, मिक्स डबलतर्फ धरानका अनमोल राई र गीता राईको जोडीले १६÷२१, २१÷१७ र २१÷११ को सेटमा जोजो ब्याडमिन्टन एकेडेमीका संदीप राई र मनिषा तामाङको जोडीलाई पराजित गर्न सफल वनेका थिए । उनीहरूले ३० हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

उपविजेता बनेका सन्दीप र मनीषाले नगद १८ हजार सहित मेडल, ट्रफी प्राप्त गरे भने संयुक्त तेस्रो स्थानमा रहेका विशाल थापा, योगिता थापाको जोडी र मनि चाम्लिङ, रोजीको जोडीले नगद ५÷५ हजार पुरस्कार ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

धरान नगर स्तरीय मेन्स डब्बल सि अन्तरगत मनिल राई र आशिस राईको जोडीले २१÷११, २१÷१६ र २१÷१२ को सेटमा कर्णदल लिम्बु र जिवन कन्दङ्वालाई पराजित गरे । विजेता आशिष र मनिलले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र हात पारेका थिए ।

उपविजेता जीवन र कर्णदलले नगद १० हजार मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् भने तेस्रो हुने जोडीहरु राम लिम्बु र जीवन लिम्बु तथा सकुल गुरुङ र कुमारको जोडीले नगद ३÷३ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू विशाल तामाङ, विनय चौधरी, भोजबहादुर गुरुङ र महेश खडका समेत उपस्थिति रहेको थियो । उनीहरुको तर्फबाट मैत्रीपूर्ण खेल प्रदर्शन गरिएको थियो ।

पत्रकार राई सम्मानित

सो कार्यक्रममा पत्रकारीताको क्षेत्रमा योगदान पु¥याएको भन्दै रेडियो धरानका सञ्चारकर्मी देबिका राईलाई नगद १० हजार सहित सम्मान गरीएको थियो ।

PATRAKAR SAMMAN FINAL पत्रकार राई रेडीयो धरानमा कार्यरत छिन भने नेपाल पत्रकार महासंघ सुनसरीकी पूर्व कार्यसमिति सदस्य समेत हुन् । राईले सम्मानले पत्रकारीता क्षेत्रमा अघि वढन थप प्रोत्साहन मिलेको प्रतिक्रिया दिएकी छिन् ।

त्यसैगरी मोरङका ब्याडमिन्टन खेलाडी हेम गुरुङलाई पनि सम्मान गरीएको थियो । ब्याडमिन्टन खेल क्षेत्रमा महत्वपूर्ण योगदान गरेको मुल्याङकन गरी गुरुङलाई नगद ५ हजार सहित सम्मान गरीएको कार्यक्रम संयोजक मनि चाम्लिङले वताउनु भयो ।

विजेता, उपविजेता ,सम्मानीत व्यक्तित्वहरुलाई प्रमुख अथिति कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, विशिष्ट अथिति धरान ब्याडमिन्टन क्लबका अध्यक्ष टङ्क लिम्बु तथा प्रतियोगिताका संयोजक मनि चाम्लिङ राई लगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नु भएको थियो ।

तीन दिने प्रतियोगितमा १२३ टीम ३४२ खेलाडीले सहभागीता जनाएको प्रतियोगिताका संयोजक चाम्लिङ् राईले बताए ।

युवा पुस्तालाई खेल क्षेत्रमा प्रोत्साहन गर्न र खेलाडीहरु भित्र रहेको प्रतिभालाई उजागर गर्नको लागि प्रतियोगिताको आयोजना गरीएको संयोजक राईले वताउनु भयो ।

 

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic