सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

  • जेठ २७, २०८२
  • ३०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्नु पर्ने धरानका व्यवसायीहरुले वताएकाछन् ।

सोमवार साझ होटल ड्रिम ल्याण्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सो कुरा वताएका हुन ।

कमजोर नेतृृत्व आउदा व्यवसायीहरुको हित र अधिकार प्राप्ति हुन नसक्ने उनीहरुको भनाई रहेको थियो ।

वन पौदावार व्यवसयी राजकुमार निरौलाले सक्षम नेतृत्व आएको खण्डमा मात्र व्यवसायिक अधिकार प्राप्ती हुने वताउनु भयो ।

नाम परिवर्तन गर्ने र मात्र भन्दा पनि उद्योगी व्यवसायीहरुको पिर मर्कामा साथ र अधिकारका लागि लडन सक्ने नेतृत्व चयन आवस्यक रहेको वताउनु भयो ।

त्यसैगरी सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले संघका सक्षम नेतृत्व आएमात्र संघका गरीमा वढनु साथै माथिल्लो निकायमा पहुच पुग्ने धारणा राख्नु भयो ।

धरान मोवाइल संघका अध्यक्ष जीवन शाक्यले व्यवसायीहरु भोट वैंकको रुपमा मात्र प्रयोग भईरहेको भन्दै चुनाव सकिएसंगै सवैकुरा सकिने गरेको वताउनु भयो ।

उहाले पछिल्लो समय व्यवसायीहरुको थुप्रै समस्याहरु रहेको र ती समस्याहरुसंग जुधन सक्ने सक्षम नेतृत्व आवस्यक रहेको वताउनु भयो ।

होटल एशोसिएशन धरानका अध्यक्ष सरोज भट्टराईले १२ वजेसम्म होटल व्यवसाय संचालन गर्नका लागि दवाव दिन सक्ने क्षमतावान नेतृत्व अवको आवस्यकता रहेको वताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व महासचिव शिवराज श्रेष्ठले संघमा सक्षम नेतृत्व चयन भएमात्र व्यवसायिको हितका काम हुने वताउनुभयो ।
यो निर्वाचनमा उद्योगी व्यवसायीहरुले निरन्तरता भन्दा पनि परिवर्तन चाहेको श्रेष्ठको भनाई रहेको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic