सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

  • जेठ २७, २०८२
  • ४११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्नु पर्ने धरानका व्यवसायीहरुले वताएकाछन् ।

सोमवार साझ होटल ड्रिम ल्याण्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सो कुरा वताएका हुन ।

कमजोर नेतृृत्व आउदा व्यवसायीहरुको हित र अधिकार प्राप्ति हुन नसक्ने उनीहरुको भनाई रहेको थियो ।

वन पौदावार व्यवसयी राजकुमार निरौलाले सक्षम नेतृत्व आएको खण्डमा मात्र व्यवसायिक अधिकार प्राप्ती हुने वताउनु भयो ।

नाम परिवर्तन गर्ने र मात्र भन्दा पनि उद्योगी व्यवसायीहरुको पिर मर्कामा साथ र अधिकारका लागि लडन सक्ने नेतृत्व चयन आवस्यक रहेको वताउनु भयो ।

त्यसैगरी सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले संघका सक्षम नेतृत्व आएमात्र संघका गरीमा वढनु साथै माथिल्लो निकायमा पहुच पुग्ने धारणा राख्नु भयो ।

धरान मोवाइल संघका अध्यक्ष जीवन शाक्यले व्यवसायीहरु भोट वैंकको रुपमा मात्र प्रयोग भईरहेको भन्दै चुनाव सकिएसंगै सवैकुरा सकिने गरेको वताउनु भयो ।

उहाले पछिल्लो समय व्यवसायीहरुको थुप्रै समस्याहरु रहेको र ती समस्याहरुसंग जुधन सक्ने सक्षम नेतृत्व आवस्यक रहेको वताउनु भयो ।

होटल एशोसिएशन धरानका अध्यक्ष सरोज भट्टराईले १२ वजेसम्म होटल व्यवसाय संचालन गर्नका लागि दवाव दिन सक्ने क्षमतावान नेतृत्व अवको आवस्यकता रहेको वताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व महासचिव शिवराज श्रेष्ठले संघमा सक्षम नेतृत्व चयन भएमात्र व्यवसायिको हितका काम हुने वताउनुभयो ।
यो निर्वाचनमा उद्योगी व्यवसायीहरुले निरन्तरता भन्दा पनि परिवर्तन चाहेको श्रेष्ठको भनाई रहेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic