धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

  • जेठ २७, २०८२
  • १,९२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय खुल्ला बास्केट बल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आयोजक संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता २०८२ को आयोजना गर्न लागेको छ।

आयोजकले दिएको जानकारी अनुसार असार ५ देखि ८ गतेसम्म धरान स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको कोर्टमा सञ्चालन हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताएका छन् ।

कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुर गरी ८ जिल्लाका १० टिम सहभागी हुने भएका छन् ।

प्रतियोगितामा करिव २० लाख खर्च लाग्ने अनुमान रहेको संघका अध्यक्ष नाराण सुवेदीले जानकारी दिनुभएको छ ।

विजेतालाई नगद २ लाख, उपविजेतालाई नगद १ लाख र सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरिने संयोजक विकास चाम्लिङ राईले जानकारी दिए ।

धरानबाट यस अघि सगरमाथा राष्ट्रिय लिग, दक्षिण एशियाली खेलकुदमा धरानका खेलाडीले पदक जिताएका छन् भने हाल राष्ट्रिय स्तरका रेफ्री र खेलाडी पनि यहींबाट उत्पादन भएको दावी संघका अध्यक्ष सुवेदीको रहेको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic