माफी माग्न र आरोप प्रमाणित गर्न इटहरीका मेयरलाई महासंघको चेतावनी

  • असार २६, २०८२
  • ४३७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२५ असार ःइटहरीका उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेललाई आरोप प्रमाणित गर्न नेपाल पत्रकार महासंघ सुनसरीले ,चेतावनि दिएको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीले वुधवार ज्ञापन पत्र वुझाउदै सो चेतावनि दिएको हो ।

गत असार २० गते सामाजिक सञ्जालमा इटहरीको पत्रकारितालाई लक्षित गर्दै गरेको टिप्पणी प्रति महासंघले आपत्ति समेत जनाएको छ ।

इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने र वाचडगको फङ्सन गर्न नदिने मनसायले दिएको अभिव्यक्ति निन्दनीय रहेको ठहर गर्दै क्षमा याचना गर्न महासंघले आग्रह गरेको हो ।

‘समाचार प्रकाशित हुनु अगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल्ट लाज छोप्न प्रकाशन÷प्रसारण हुने गरेको’ टिप्पणी गरेका उनले अहिलेसम्म कसले बार्गेनिङ गर्‍यो भनेर प्रस्ट पारेका छैनन् । समग्र पत्रकारितालाई जोडेर लेखेका उनले कारबाही गर्ने भए नाम सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।

महासङ्घले बुझाएको ज्ञापन पत्रमा कारबाहीको प्रतिबद्धता जनाएपछि उनले महासङ्घसँग केही दिनपछि छलफल गरेर नाम भन्ने बताए । तर क्षमा याचनाको बारेमा उनले प्रस्ट खुलाएनन् ।उता पत्रकार महासङ्घ सुनसरीले भने विरोधका कार्यक्रम धमाधम सञ्चालन गर्ने बताएको छ ।

ज्ञापन पत्रमा लोकतन्त्रको जीवन्तताको लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य आवश्यकता रहेको स्मरण गराउँदै आलोचना पत्रकारको धर्म भएको मेयर पौडेललाई स्मरण गराइएको छ । ‘मेयरले आरोप लगाएजस्तै पत्रकारले बार्गेनिङ गरेको प्रमाणित भए महासङ्घको तर्फबाट आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुनः आरोपको पुष्टि गर्न चेतावनी दिन चाहन्छौँ ।

सुनसरीमा देखिएको समस्याको विषयमा महासङ्घ केन्द्रीय समितिले समेत विज्ञप्ति मार्फत पत्रकारिताको पक्षमा लड्ने प्रतिबद्धता सहित मेयरको गतिविधिमा विरोध जनाएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic