माफी माग्न र आरोप प्रमाणित गर्न इटहरीका मेयरलाई महासंघको चेतावनी

  • असार २६, २०८२
  • ३१९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२५ असार ःइटहरीका उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेललाई आरोप प्रमाणित गर्न नेपाल पत्रकार महासंघ सुनसरीले ,चेतावनि दिएको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीले वुधवार ज्ञापन पत्र वुझाउदै सो चेतावनि दिएको हो ।

गत असार २० गते सामाजिक सञ्जालमा इटहरीको पत्रकारितालाई लक्षित गर्दै गरेको टिप्पणी प्रति महासंघले आपत्ति समेत जनाएको छ ।

इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने र वाचडगको फङ्सन गर्न नदिने मनसायले दिएको अभिव्यक्ति निन्दनीय रहेको ठहर गर्दै क्षमा याचना गर्न महासंघले आग्रह गरेको हो ।

‘समाचार प्रकाशित हुनु अगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल्ट लाज छोप्न प्रकाशन÷प्रसारण हुने गरेको’ टिप्पणी गरेका उनले अहिलेसम्म कसले बार्गेनिङ गर्‍यो भनेर प्रस्ट पारेका छैनन् । समग्र पत्रकारितालाई जोडेर लेखेका उनले कारबाही गर्ने भए नाम सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।

महासङ्घले बुझाएको ज्ञापन पत्रमा कारबाहीको प्रतिबद्धता जनाएपछि उनले महासङ्घसँग केही दिनपछि छलफल गरेर नाम भन्ने बताए । तर क्षमा याचनाको बारेमा उनले प्रस्ट खुलाएनन् ।उता पत्रकार महासङ्घ सुनसरीले भने विरोधका कार्यक्रम धमाधम सञ्चालन गर्ने बताएको छ ।

ज्ञापन पत्रमा लोकतन्त्रको जीवन्तताको लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य आवश्यकता रहेको स्मरण गराउँदै आलोचना पत्रकारको धर्म भएको मेयर पौडेललाई स्मरण गराइएको छ । ‘मेयरले आरोप लगाएजस्तै पत्रकारले बार्गेनिङ गरेको प्रमाणित भए महासङ्घको तर्फबाट आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुनः आरोपको पुष्टि गर्न चेतावनी दिन चाहन्छौँ ।

सुनसरीमा देखिएको समस्याको विषयमा महासङ्घ केन्द्रीय समितिले समेत विज्ञप्ति मार्फत पत्रकारिताको पक्षमा लड्ने प्रतिबद्धता सहित मेयरको गतिविधिमा विरोध जनाएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic