रोशनको उपचारका लागि सिद्धिकी दाजुभाइको सहयोग

  • साउन ५, २०८२
  • २,९३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५साउन ः धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि १३ हजार सहयोग गर्नुभएको छ ।

धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो ।

मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छाको र भीम राई मार्फत राखेको बताए ।

धरानमा मुस्लिम युवाहरुका बिच अगुवा तथा सामाजिक काम गरिरहेका इम्तियाज सिद्धिकीले जानकारी दिनुभयो ।

भीम दाइले हामी धरानमा रहेर सिलाइ कटाई तथा टेलरिङ क्षेत्रमा काम गर्ने मुस्लिम युवाहरुलाई समेत संगठित गर्नु भएकाले उहाँको अभियानमा हामीले साथ दिएको सिद्धिकीले बताउनुभयो ।

दाउरा बेचेर श्रीमति र एक छोरीको भरणपोषण गरिहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि घरमै ओछ्यान परेकाछन् । राईलाई आइतबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा सञ्जीव शर्माले निवासमै चेकजाँच गर्नुभएको थियो । डा। शर्माले राईको पेटमा धेरै पानी जमिसकेकाले चारदिन पछि अस्पतालमै भर्ना गरेर पानी झिक्नुपर्ने सुझाउनु भएको छ ।

राईको कलेजो फेर्नु पर्ने अवस्था रहेको र करिव १५ देखि २० लाख खर्चहुने चिकित्सकहरुको सल्लाह रहेको छ । तर, उनको परिवार त्यत्रो रकम खर्च गर्न सक्ने अवस्थामा छैनन । बिहानबेलुकी घर चलाउन समेत समस्या भइरहेको उनकी श्रीमति शान्ति तामाङले बताउनुभयो ।

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले पहल गरिरहनु भएको छ ।

इच्छुकहरुले बिरामीको उपचारमा सहयोग गर्न चाहेमा बिरामीकी श्रीमति शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic