हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

  • साउन ११, २०८२
  • ५,७४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गरेको हिविस्कस निट एण्ड क्लिनको उपाधि ६ कक्षाले हात पारेको छ ।

असार महिनाको निड एण्ड क्लिन कक्षा घोषणाको उपाधि कक्षा छ ले हात पारेको हो ।

कक्षा ६का मनिटर स्वर्णिम राईले ट्रफि ग्रहण गरेका थिए भने कक्षा शिक्षिका गिता राईलाई कक्षा सरसफाईमा सहयोग पु¥याए बापत सम्मान गरिएको थियो ।

विद्यालयले आफ्नो कक्षा कोठा सरफाईमा उत्प्रेरणा जगाउन गत जेठ महिनाबाट सो कार्यक्रम सञ्चालनमा ल्याएको स्कुलमा निर्देशक गंगाराम राइले जानकारी दिनुभयो । सो कार्यक्रमले कक्षा कोठामा सरसफाई हुनका साथै विद्यार्थीहरूमा ब्यवहारिक ज्ञानको बिकास हुने निर्देशक राईको भनाई रहेको छ ।

HIBISCUS NEWS PHOTO.jpg  3 स्कुललेयो कार्यक्रमसँगै विद्यार्थीहरूका लागि विभिन्न अतिरिक्त कृयाकलापहरू पनि सञ्चालन गर्दै आईरहेको छ ।

स्कुलले विद्यार्थीहरुले सरसफाईको कुरा स्कुलबाट घर परिवारमा पनि लागू गर्न सकुन र समाजमा व्यवहारीक शिक्षाको सन्देश दिन सकुन भनेर स्कुलमा क्लिनिङ अवार्डको शुरुवात गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

उहाका अनुसार विद्यार्थीहरुका लागि प्रत्येक कक्षामा डस्विनको व्यवस्था गरीएको छ र कक्षाका फोहोरहरु वाहिर नफाली डस्विनमा कुन कक्षाले नियमित राख्छ उनीहरुलाई अवार्ड प्रदान गरीनेछ ।

यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई घर परिवारमा पनि सरसफाईको अभ्यास हुनुका साथै यसले घर व्यवहारमा समेत ठूलो परिवर्तन ल्याउन राईको विश्वास रहेको छ ।
आफ्नो घरको सरसफाई आफै गर्नुपर्दछ सानो एकटुक्रा कागजले पनि फोहोर देखिन्छ सरसफाई गरेर राम्रो देखिन्छ भन्ने उदाहरण दिन खोजिएको निर्देशक राईको भनाई रहेको छ ।

सरसफाई भन्ने कुरा घर परिवार समाज र व्यक्तिमा समेत हुनु पर्ने अपरीहार्य कुरा भएकोले विद्यार्थीहरुलाई व्यहारीक शिक्षा दिनको लागि पनि यस्तो कार्यक्रम आयोजना गरीएको निर्देशक राईले वताउनु भयो ।

जुन कक्षाले अवार्ड जित्छ उसले एक महिनभारी राख्ने र अर्को महिना कुन कक्षाले अवार्ड जित्छ उही कक्षाले ट्रफि राख्ने छ । स्कुलका सवै कक्षाका विद्यार्थीहरुले यसमा विशेष ध्यान दिन सकुन भन्ने उदेश्यले रनिङ अवार्ड राखिएको निर्देशक राईले जानकारी दिनुभयो ।

सो उपाधि यस अघि कक्षा ४ ले हात पारेको थियो ।

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic