हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

  • साउन ११, २०८२
  • ५,४८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गरेको हिविस्कस निट एण्ड क्लिनको उपाधि ६ कक्षाले हात पारेको छ ।

असार महिनाको निड एण्ड क्लिन कक्षा घोषणाको उपाधि कक्षा छ ले हात पारेको हो ।

कक्षा ६का मनिटर स्वर्णिम राईले ट्रफि ग्रहण गरेका थिए भने कक्षा शिक्षिका गिता राईलाई कक्षा सरसफाईमा सहयोग पु¥याए बापत सम्मान गरिएको थियो ।

विद्यालयले आफ्नो कक्षा कोठा सरफाईमा उत्प्रेरणा जगाउन गत जेठ महिनाबाट सो कार्यक्रम सञ्चालनमा ल्याएको स्कुलमा निर्देशक गंगाराम राइले जानकारी दिनुभयो । सो कार्यक्रमले कक्षा कोठामा सरसफाई हुनका साथै विद्यार्थीहरूमा ब्यवहारिक ज्ञानको बिकास हुने निर्देशक राईको भनाई रहेको छ ।

HIBISCUS NEWS PHOTO.jpg  3 स्कुललेयो कार्यक्रमसँगै विद्यार्थीहरूका लागि विभिन्न अतिरिक्त कृयाकलापहरू पनि सञ्चालन गर्दै आईरहेको छ ।

स्कुलले विद्यार्थीहरुले सरसफाईको कुरा स्कुलबाट घर परिवारमा पनि लागू गर्न सकुन र समाजमा व्यवहारीक शिक्षाको सन्देश दिन सकुन भनेर स्कुलमा क्लिनिङ अवार्डको शुरुवात गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

उहाका अनुसार विद्यार्थीहरुका लागि प्रत्येक कक्षामा डस्विनको व्यवस्था गरीएको छ र कक्षाका फोहोरहरु वाहिर नफाली डस्विनमा कुन कक्षाले नियमित राख्छ उनीहरुलाई अवार्ड प्रदान गरीनेछ ।

यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई घर परिवारमा पनि सरसफाईको अभ्यास हुनुका साथै यसले घर व्यवहारमा समेत ठूलो परिवर्तन ल्याउन राईको विश्वास रहेको छ ।
आफ्नो घरको सरसफाई आफै गर्नुपर्दछ सानो एकटुक्रा कागजले पनि फोहोर देखिन्छ सरसफाई गरेर राम्रो देखिन्छ भन्ने उदाहरण दिन खोजिएको निर्देशक राईको भनाई रहेको छ ।

सरसफाई भन्ने कुरा घर परिवार समाज र व्यक्तिमा समेत हुनु पर्ने अपरीहार्य कुरा भएकोले विद्यार्थीहरुलाई व्यहारीक शिक्षा दिनको लागि पनि यस्तो कार्यक्रम आयोजना गरीएको निर्देशक राईले वताउनु भयो ।

जुन कक्षाले अवार्ड जित्छ उसले एक महिनभारी राख्ने र अर्को महिना कुन कक्षाले अवार्ड जित्छ उही कक्षाले ट्रफि राख्ने छ । स्कुलका सवै कक्षाका विद्यार्थीहरुले यसमा विशेष ध्यान दिन सकुन भन्ने उदेश्यले रनिङ अवार्ड राखिएको निर्देशक राईले जानकारी दिनुभयो ।

सो उपाधि यस अघि कक्षा ४ ले हात पारेको थियो ।

 

 

 

 

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic