धरान स्र्पोस अवार्ड वितरण

  • साउन १८, २०८२
  • २,०२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनः धरान खेलकुद मञ्चले धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन ।

धरान खेलकुद मञ्चले शनिवारवार आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षालाई उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् ।

अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷३० हजारसहित अवार्ड प्रदान गरीएको थियो ।

यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गर्न सफल वनेकाछन् । लामाले नगद २० हजारसहित अवार्ड प्राप्त गरे ।

यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५ हजारसँगै ट्रफी हात पार्न सफल वनेकी थिइन ।

मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयरको पुरस्कार फुटवल खेलाडी धरान १७ का मनोज राईले पाउृन सफल भएका थिए । यता फरक क्षमता भएका खेलाडी विवेक राईले स्वर्गीय विक्रम राई स्मृति बिशेष प्रतिभा पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै लिजेन्ड अफ दि इयर २०८२ को सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य (मुकेश) लाई नगद १५ हजारसहित प्रदान गरिएको थियो ।

त्यसैगरी पत्रकारीता क्षेत्रबाट खेलकुद क्षेत्रमा योगदान गरेको भन्दै उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्स दैनिका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश माननीय विजय कुमार राई रहेका थिए ।

कार्यक्रमको उद्घाटनपश्चात राईले धरानका विभिन्न खेलसम्बन्धी संस्थाहरुले खेलकुदको विकासमा जति गरेको छ त्यति संघ, पदेश र स्थानीय तहले नगरेको बताए ।

यसैगरि विशेष अतिथिको रुपमा रहनु भएका कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानको खेलकुद विकासका लागि पूर्वाधार विकासका लागि कोशी प्रदेशमा पहल भइरहेको बताएका थिए ।

मञ्चका अध्यक्ष किशोर राईले खेल प्रशिक्षक र खेलाडीहरुलाई थप हौसला प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरीएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने वताउनु भयो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic