धरान स्र्पोस अवार्ड वितरण

  • साउन १८, २०८२
  • २,१६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनः धरान खेलकुद मञ्चले धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन ।

धरान खेलकुद मञ्चले शनिवारवार आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षालाई उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् ।

अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷३० हजारसहित अवार्ड प्रदान गरीएको थियो ।

यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गर्न सफल वनेकाछन् । लामाले नगद २० हजारसहित अवार्ड प्राप्त गरे ।

यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५ हजारसँगै ट्रफी हात पार्न सफल वनेकी थिइन ।

मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयरको पुरस्कार फुटवल खेलाडी धरान १७ का मनोज राईले पाउृन सफल भएका थिए । यता फरक क्षमता भएका खेलाडी विवेक राईले स्वर्गीय विक्रम राई स्मृति बिशेष प्रतिभा पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै लिजेन्ड अफ दि इयर २०८२ को सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य (मुकेश) लाई नगद १५ हजारसहित प्रदान गरिएको थियो ।

त्यसैगरी पत्रकारीता क्षेत्रबाट खेलकुद क्षेत्रमा योगदान गरेको भन्दै उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्स दैनिका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश माननीय विजय कुमार राई रहेका थिए ।

कार्यक्रमको उद्घाटनपश्चात राईले धरानका विभिन्न खेलसम्बन्धी संस्थाहरुले खेलकुदको विकासमा जति गरेको छ त्यति संघ, पदेश र स्थानीय तहले नगरेको बताए ।

यसैगरि विशेष अतिथिको रुपमा रहनु भएका कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानको खेलकुद विकासका लागि पूर्वाधार विकासका लागि कोशी प्रदेशमा पहल भइरहेको बताएका थिए ।

मञ्चका अध्यक्ष किशोर राईले खेल प्रशिक्षक र खेलाडीहरुलाई थप हौसला प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरीएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने वताउनु भयो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic