जसपा नेपालको अधिवेशन भदौ अन्तिम साता

  • साउन २१, २०८२
  • ३,२२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम साता हुने भएको छ ।

आयोजकले दिएको जानकारी अुनसार भदौ २७ र २८ गते विराटनगरमा आयोजन गर्ने प्रदेश समितिको बैठकले निर्णय गरेको छ ।

जसपा नेपाल प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेश अधिवेशनलाई महत्त्वपूर्ण राजनीतिक सन्देश दिन उपयोग गरिने बताए । अध्यक्ष याक्खाले दिएको जानकारी अनुसार अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

अधिवेशनमा प्रदेश भरीका एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने प्रदेश मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिएका छन् ।

बैठकले प्रदेश निर्वाचन समिति संयोजकमा अधिवक्ता उपेन्द्र लावतीलाई नियुक्त गर्ने केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

अधिवेशन तयारी उपसमितिहरूमा आर्थिक समितिमा केशव जबेगू, मनोज यादव, टङ्क मोक्तान, ऐत चेम्जोङ, रिता खापुङ र दीर्घमान तामाङ रहेका छन् । प्रचार प्रसार, प्रकाशनमा हस्तशोभा राई, भक्त राई, नवीन माबोहाङ र श्याममाया राई रहेका छन् ।

राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन मस्यौदा समितिमा दीपक याक्खा, घनश्याम कटुवाल र केशव जबेगू रहेका छन् । प्रतिनिधि व्यवस्थापनमा विष्णुकुमार लावती, विशाल आङ्देम्बे, तेन्जिङ शेर्पा, मनोज यादव, आङ्छेपाल शेर्पा र भरत याक्खा रहेका छन् ।

अतिथि सत्कारमा पदमकुमारी राई,उषा यादव र कुमार सुनुवार, हल, मञ्च, आवासतर्फ अनिल ठाकुर, सम्सतबरेज आलम, नवीन राई र छिवाहाङ राई छन् ।

अधिवेशनका लागि प्रदेश मातहतका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र मधेस राष्ट्रिय समितिसहित मोरङ, सुनसरी, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु जिल्ला अधिवेशन सम्पन्न भइसकेको बताइएको छ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic