जसपा नेपालको अधिवेशन भदौ अन्तिम साता

  • साउन २१, २०८२
  • ३,०७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम साता हुने भएको छ ।

आयोजकले दिएको जानकारी अुनसार भदौ २७ र २८ गते विराटनगरमा आयोजन गर्ने प्रदेश समितिको बैठकले निर्णय गरेको छ ।

जसपा नेपाल प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेश अधिवेशनलाई महत्त्वपूर्ण राजनीतिक सन्देश दिन उपयोग गरिने बताए । अध्यक्ष याक्खाले दिएको जानकारी अनुसार अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

अधिवेशनमा प्रदेश भरीका एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने प्रदेश मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिएका छन् ।

बैठकले प्रदेश निर्वाचन समिति संयोजकमा अधिवक्ता उपेन्द्र लावतीलाई नियुक्त गर्ने केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

अधिवेशन तयारी उपसमितिहरूमा आर्थिक समितिमा केशव जबेगू, मनोज यादव, टङ्क मोक्तान, ऐत चेम्जोङ, रिता खापुङ र दीर्घमान तामाङ रहेका छन् । प्रचार प्रसार, प्रकाशनमा हस्तशोभा राई, भक्त राई, नवीन माबोहाङ र श्याममाया राई रहेका छन् ।

राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन मस्यौदा समितिमा दीपक याक्खा, घनश्याम कटुवाल र केशव जबेगू रहेका छन् । प्रतिनिधि व्यवस्थापनमा विष्णुकुमार लावती, विशाल आङ्देम्बे, तेन्जिङ शेर्पा, मनोज यादव, आङ्छेपाल शेर्पा र भरत याक्खा रहेका छन् ।

अतिथि सत्कारमा पदमकुमारी राई,उषा यादव र कुमार सुनुवार, हल, मञ्च, आवासतर्फ अनिल ठाकुर, सम्सतबरेज आलम, नवीन राई र छिवाहाङ राई छन् ।

अधिवेशनका लागि प्रदेश मातहतका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र मधेस राष्ट्रिय समितिसहित मोरङ, सुनसरी, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु जिल्ला अधिवेशन सम्पन्न भइसकेको बताइएको छ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic