छाल खवर
धरान,२३ साउनः रोटरी क्लब अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राकार चयन भएकाछन् ।
रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम पश्चात ताम्राकार अध्यक्षमा चयन भएका हुन ।
सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा वरिष्ठ समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वर्ष २०२४ र २५ काअध्यक्ष गौरवमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव अतुल श्रेष्ठले गत वर्षको गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रोटरी क्लबका असिस्टेन्ट गभर्नर विनोद अग्रवालले नयाँ बोर्ड सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
बर्ष २०२५र०२६ का लागि २२ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष ईश्वर ताम्राकार, आइपिपी गौरवमान श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट अलंकार पलिखे, भाइस प्रेसिडेन्ट रोहन हाडा एक, भाईस प्रेसिडेन्ट दुई नवीन तामाङ, सचिव मुकेश अग्रवाल, कोषाध्यक्ष राम राजभण्डारी, जोइन्ट सचिव प्रतीक श्रेष्ठ, जोइन्ट कोषाध्यक्ष शैलेश आचार्यलगायत रहेका छन् ।
त्यस्तै, क्लब एडमिनिस्ट्रेशन चेयर अतुल श्रेष्ठ, मेम्बरसिप चेयर सन्तोष अग्रवाल, सर्भिस प्रोजेक्ट चेयर ललित अग्रवाल, टीआरएफ चेयर राजेश अग्रवाल, युथ सर्भिस चेयर विजय मानन्धर, पब्लिक इमेज चेयर प्रदीप श्रेष्ठ, सर्जेन्ट एट आर्म्स डा.विक्रम श्रेष्ठ, रोट्र्याक्ट कोअर्डिनेटर सौरभ अग्रवाल, इन्टर्याक्ट कोअर्डिनेटर सुनिता रिजाल, ट्रेनर प्राध्यापक डा सुधा अग्रवाल, मेन्टर मुकुल कायस्थ, एडिटर आशिष यादव तथा आरसीसीमा राजेश अग्रवाल रहेका छन्।
पदस्थापनपछि बोल्दै अध्यक्ष ईश्वर ताम्राकारले सामाजिक र रचनात्मक कार्यक्रममार्फत क्लबलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विशेष अतिथि कोशी प्रदेश सभासद यसोदा कायस्थले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा क्लबका पूर्व अध्यक्ष प्राध्यापक डा.सुधा अग्रवाल र उद्योगी पवन अग्रवाललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरी सम्मान गरिएको थियो।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic