कोरा राईड साइक्लिङ च्यालेन्ज धरानमा

  • साउन २८, २०८२
  • २,३२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८साउनः कोरा राईड साइक्लिङ च्यालेन्ज २०२५ आयोजना धरानमा गर्ने तयारी गरेको छ। धरानमा एकपटक साइकलप्रेमीहरूको भीड लाग्ने भएको आयोजकको दावी रहेको छ ।

पेडलर्स धरानको आयोजनामा श्रावण ३१ गते शनिबार कार्यक्रम गर्ने जानकारी दिएको छ ।

आयोजकले वुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। कोरा राईड भनेको नेपालमा ठुलो च्यारिटी राईड हो।

च्यालेन्जले धरानका धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने पेडलर्स धरानका अध्यक्ष किसन मास्केले वताए ।

साईक्लिङ राइडले शारीरिक तन्दुरुस्ती , वातावरण मैत्री र पर्यटनलाई एकैसाथ जोड्ने उद्देश्य कार्यक्रम आयोजना गरीएको मास्केको भनाई रहेको छ ।

राईड भानुचोकबाट सुरु भई ३२ किलोमिटर दूरी पार गर्दै धरान–१७ स्थित साकेला पार्कमा पुगेपछि समापन हुनेछ।

आयोजकका अनुसार नेपालका विभिन्न शहरबाट दुई सयभन्दा बढी साइक्लिस्ट सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष मास्केले जानकारी दिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic