प्रतिशोध लिन गौर हत्याकाण्ड विउत्याउन खोजेको जसपाको आरोप

  • भदौ ५, २०८२
  • ५४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ भाद्रः जनता समाजवादी पार्टी नेपाल धरान नगर समितिले सरकारसँग भूमि सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै धरानमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले ल्याउन लागेको भूमि सम्वन्धि विधेयक जनतामारा भएको भन्दै जसपाले फिर्ता लिन माग गर्दैं विरोध गरेको हो ।

भानुचोकमा प्लेकार्ड सहित धर्ना बसी कोणसभा गरेर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनीमा प्लेकार्डमा केपी ओली राजीनामा दे, पहिचान विरोधी होसियार, जनतामारा भूमि विधेयक फिर्ता गर, पहिचान विरोधी ओली मुर्दावाद, प्रतिरोधात्मक राजनीति बन्द गर, नश्लिय सरकार मुर्दावाद लगायतका नारा लेखिएका थिए ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा धरान नगर अध्यक्ष ताजुव लिम्बुले सरकारले विधेयक फिर्ता लिनुपर्ने नसके संशोधन गरि सम्बोधन गरिनुपर्ने बताए ।

उनले वास्तविक सुकुम्वासी, भूमिहीनहरूले जग्गा पाउन्,भू माफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे ।

उनले केपी ओली सरकारले जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई समर्थन नदिएकोले कारण उनीसँग प्रतिशोध साँध्न राजनैतिक मुद्दा उचालेको आरोप लगाए ।

ओली सरकारले राजनैतिक प्रतिशोध लिन सुनियोजित रूपमा गौर हत्याकाण्ड विउत्याउन खोजेको बताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic