प्रतिशोध लिन गौर हत्याकाण्ड विउत्याउन खोजेको जसपाको आरोप

  • भदौ ५, २०८२
  • ४२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ भाद्रः जनता समाजवादी पार्टी नेपाल धरान नगर समितिले सरकारसँग भूमि सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै धरानमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले ल्याउन लागेको भूमि सम्वन्धि विधेयक जनतामारा भएको भन्दै जसपाले फिर्ता लिन माग गर्दैं विरोध गरेको हो ।

भानुचोकमा प्लेकार्ड सहित धर्ना बसी कोणसभा गरेर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनीमा प्लेकार्डमा केपी ओली राजीनामा दे, पहिचान विरोधी होसियार, जनतामारा भूमि विधेयक फिर्ता गर, पहिचान विरोधी ओली मुर्दावाद, प्रतिरोधात्मक राजनीति बन्द गर, नश्लिय सरकार मुर्दावाद लगायतका नारा लेखिएका थिए ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा धरान नगर अध्यक्ष ताजुव लिम्बुले सरकारले विधेयक फिर्ता लिनुपर्ने नसके संशोधन गरि सम्बोधन गरिनुपर्ने बताए ।

उनले वास्तविक सुकुम्वासी, भूमिहीनहरूले जग्गा पाउन्,भू माफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे ।

उनले केपी ओली सरकारले जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई समर्थन नदिएकोले कारण उनीसँग प्रतिशोध साँध्न राजनैतिक मुद्दा उचालेको आरोप लगाए ।

ओली सरकारले राजनैतिक प्रतिशोध लिन सुनियोजित रूपमा गौर हत्याकाण्ड विउत्याउन खोजेको बताए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic