कोशीका मन्त्रीले खोसे सचिवको गाडी

  • भदौ १६, २०८२
  • ४,३२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले मन्त्रालयका सचिवको गाडीको चावी खोसेकाछन् ।

मन्त्री हाङगामले सोमबार मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसेका हुन् ।

मन्त्री हाङगाम यस अघि पनि विभिन्न विवादमा मुछिदै आएका छन् ।

मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि विवाद एवं असमझदारी चुलिदै आएको छ ।

सचिव पाण्डे को १ झ ६७९ नम्बरको गाडी चढेर सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पुगेका थिए ।

छलफल सकेर फर्कन खोज्दा आफू चढेर आएको गाडी नदेखेपछि खोजी गरेका थिए । त्यसवेला मात्र उनले मन्त्रीले गाडी लगेको थाहा पाएका थिए ।

मन्त्री हाङगामले सचिव पाण्डेले असहयोग गरेको भन्दै गाडी नै खोसेका हुन् ।

चालकलाई सम्पर्क गर्न खोज्दा फोन ‘स्विच अफ’ थियो । पछि बुझ्दा मन्त्रीकै निर्देशनमा गाडीको चाबी खोसिएको थाहा पाएको सचिव डा पाण्डेको भनाई रहेको छ ।

सचिव पाण्डे मोटरसाइकल चढेर मन्त्रालय फर्किन बाध्य भएका थिए । पाण्डेले यो घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराएका थिए ।

मन्त्री र सचिवबीचको द्वन्द्व करारका चालक हटाएर आफ्ना मान्छे नियुक्त गर्ने प्रयासदेखि सचिवालयका कर्मचारीको दैनिक भ्रमण भत्तालगायतसँग जोडिएको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री हाङगामले आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मन्त्रालयमा कार्यरत रहेका कार्यालय सहयोगी र सवारी चालक गरेर १० जनालाई हटाउन सचिव पाण्डेलाई लामो समयदेखि दबाब दिइरहेका थिए ।

तर, मन्त्रीको दबाबलाई सचिव पाण्डेले अस्वीकार गरिरहे । त्यस्तै, आफ्नो सचिवालयका कर्मचारीको असारको दैनिक भ्रमण भत्ताको विवरण अहिले पेस गरेर भुक्तानी मागेको आरोप पनि हाङगाममाथि लागेको छ ।

पुरानो आर्थिक वर्षको भुक्तानी अहिले गर्न नमिल्ने भनेर सचिव पाण्डले अस्वीकार गरेपछि उनीसँग मन्त्री हाङगाम झन् क्रुद्ध बनेका छन् ।

साथै, अनआवश्यक रुपमा इन्धनको भुक्तानी माग्ने गरेको आरोप पनि मन्त्री हाङगाममाथि लागेको छ । मन्त्री हाङगामले दिने गरेको अनुचित दबाब अस्वीकार गरेका कारण सचिव चढ्ने गाडीको चाबी नै खोसिदिएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

‘मन्त्रीले लामो समयदेखि अनआवश्यक र अनुचित दबाब दिइरहेका छन् । तर, सचिवले अस्वीकार गर्ने गरेका कारण सम्बन्ध चिसिएको छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार यसअघि पनि झापामा भएको कर्मचारी विवादमा दुवैबीच असमझदारी देखिएको थियो ।

मन्त्रालयबाट पाण्डेको सरुवा भएको थियो । तर, मन्त्रिपरिषद्ले थमौती गरेपछि मन्त्री हाङगाम चिढिएका थिए । त्यही झोंक र विगतका विभिन्न विवादकै कारण उनले सचिवको गाडीको चाबी खोसेको कर्मचारीहरूको आरोप छ ।

मन्त्री हाङगाम यसअघि पनि पटक–पटक विवादमा तानिएका छन् । गत जेठमा बजेट निर्माणमा आफूलाई ‘बाईपास’ गरेको भन्दै सचिव र महाशाखा प्रमुखलाई भौतिक कारबाही गर्ने धम्की उनले दिएका थिए ।

गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेमाथि समेत उनले कुटपिट गरेका थिए ।

सचिव डा पाण्डेले मन्त्री र आफूवीच कुनै विवाद नभएको वताएकाछन् । पाण्डेका अनुसार मन्त्री हाङगामले मन्त्रालयमा भएका अरु सरकारी गाडी पनि चढ्न नदिनु भनेर निर्देशन दिएको पाइएको छ ।

यस विषयमा बुझ्न खोज्दा मन्त्री हाङगाम सम्पर्कमा आउन चाहेनन् । बारम्बार गरेको फोन उनले उठाएनन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic