जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

  • भदौ २३, २०८२
  • ३३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तयार हुदासम्म १५ जनाको मृत्यु भएको छ ।

मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएकाछन् ।

मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना छन् ।

प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ ।

ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।

प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् ।

बानेश्वरको प्रदर्शनमा घाइते भएका ८७ जनाको उपचार हुँदै जारीरहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic