सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

  • भदौ २६, २०८२
  • ३११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली शुक्रवार बिहान सम्म कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले धरान, इटहरी उपमहानगरपालिका र इनरुवा र दुहबी नगरपालिकामा कफ्र्यु जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्वारा आज बिहीबार जारी कर्फ्यु रनिषेधाज्ञामा आज दिउँसो १ बजे देखी ५ बजे सम्म र राती ९ बजे देखी भोली शुक्रवार बिहान ६ बजे सम्म कर्फ्यु लागु हुने बताइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी भएको हो ।

कर्फ्युको अवधिमा उल्लेख गरिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

आदेशमा तोकिएको समय तालिका बाहेकका अन्य समयमा सर्वसाधारणहरूको दैनिक उपभोग्य वस्तु खरिद तथा अन्य आवश्यक व्यवस्थापनको लागि कर्फ्यु तथा निषेधाज्ञा हटाइएको जनाइएको छ ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic