एमाले धरान कार्यालयमा तोडफोड गर्नेहरूलाई कारबाहीको माग

  • भदौ ३०, २०८२
  • ६९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भाद्रः भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोड घटनामा संलग्नलाई कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

धरान उपमहानगर कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा सुनियोजित रुपमा पार्टी कार्यालयमा तोडफोड गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको हो ।

शान्तिपूर्ण आन्दोलनकारीको आवरणमा पार्टी कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यालयमा आक्रमण गरिएको आरोप विज्ञप्तिमा लगाईको छ ।

विज्ञप्तिमा आगजनी, तोडफोड र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ।

धरान नगर अध्यक्ष हर्कजंग एभेङ्गद्धारा जारी विज्ञप्तिमा घटनामा धरानका पत्रकार विमल शाक्य, मिलन वान्तवा र दीपेन्द्र राई (कान्छी) लगायतको नाम सार्वजनिक गर्दै उनीहरू घटनामा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको दाबी गरिएको छ। पार्टीले उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

धरानको भाटभटेनी र नेताहरूको घरमा आगजनी गरिएको घटनाको तीव्र भर्त्सना गर्दै पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ।

पार्टीले तोडफोड र आगजनीका घटनालाई कानुनी कारबाहीद्वारा रोक्नुपर्नेमा जोड दिएको छ।

पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र लोकतान्त्रिक नागरिकलाई यस्तो प्रतिगामी गतिविधिको विरुद्ध एकजुट भई विरोध गर्न र कानुनी शासन कायम गर्न दबाब सिर्जना गर्न विज्ञप्तिमा अनुरोध गरीएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic