एमाले धरान कार्यालयमा तोडफोड गर्नेहरूलाई कारबाहीको माग

  • भदौ ३०, २०८२
  • ५३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भाद्रः भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोड घटनामा संलग्नलाई कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

धरान उपमहानगर कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा सुनियोजित रुपमा पार्टी कार्यालयमा तोडफोड गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको हो ।

शान्तिपूर्ण आन्दोलनकारीको आवरणमा पार्टी कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यालयमा आक्रमण गरिएको आरोप विज्ञप्तिमा लगाईको छ ।

विज्ञप्तिमा आगजनी, तोडफोड र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ।

धरान नगर अध्यक्ष हर्कजंग एभेङ्गद्धारा जारी विज्ञप्तिमा घटनामा धरानका पत्रकार विमल शाक्य, मिलन वान्तवा र दीपेन्द्र राई (कान्छी) लगायतको नाम सार्वजनिक गर्दै उनीहरू घटनामा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको दाबी गरिएको छ। पार्टीले उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

धरानको भाटभटेनी र नेताहरूको घरमा आगजनी गरिएको घटनाको तीव्र भर्त्सना गर्दै पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ।

पार्टीले तोडफोड र आगजनीका घटनालाई कानुनी कारबाहीद्वारा रोक्नुपर्नेमा जोड दिएको छ।

पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र लोकतान्त्रिक नागरिकलाई यस्तो प्रतिगामी गतिविधिको विरुद्ध एकजुट भई विरोध गर्न र कानुनी शासन कायम गर्न दबाब सिर्जना गर्न विज्ञप्तिमा अनुरोध गरीएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic