धरान रन ७०० औं हप्ता सम्पन्न

  • असोज ४, २०८२
  • २,१७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोजः धरानमा जारी धरान रनले सफलता पूर्वक ७ सय हप्ता पुरा गरेको छ ।

धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले शनिवार ७सय औं औं हप्ता पुरा गरेको हो ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै शुरु भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको धरानका अध्यक्ष हेमन सुनुवारले जानकारी दिए ।

स्थापनाको समयदेखि नै धरान रन प्रत्येक शनिबार बिहान ७ बजे यलम्बर पार्कबाट शुरुवात हुने गर्छ ।

सानो संख्याबाट शुरु गरेको धरान रन प्रत्येक वर्ष हजारौको धावकको संख्यामा नेवा च्यारिटी १० के धरान रन प्रतियोगितासम्म आयोजना गर्न सफल हुदै आएको छ ।

सो रनमा नेपालकै सर्वाधिक धावक धाविका सहभागी हुने दौडको रुपमा रहेको आयोजकको दावी रहेको छ ।

प्रतियोगिताबाट बचत भएको रकमले विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदैआएको र विगतमा विभिन्न असहाय व्यक्ति तथा संस्थाहरुलाई आर्थिक सहयोग पनि गर्दैै आएको धरान रनका अध्यक्ष सुनुुवारले वताए ।

हाल युकेमा रहेका धरान रनका संस्थापक सन्तोष राईले युकेको पार्क रनको अवधारणामा धरान रन शुरुवात गरेका थिए ।

केही वर्षयता देखि धरान रनबाट प्रेरीत भएर तरहरा रन, केरावारी रन,ताप्लेजुङ, भोजपुर रन लगायत दौड प्रतियोगिताहरु संचालन हुन शुरु भएकाछन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले धरान रनले धरानलाई खेलकुदको सहर, स्वास्थ्यप्रति सचेत सहरकोरुपमा स्थापित गर्न सफल भएको धारणा व्यक्त गरेका थिए ।

धरान रनका अध्यक्ष हेमन सुनुवारका अनुसार ७०० औं हप्ता गत साता नै पुरा भएपनि जेनजी आन्दोलनको कारण उक्त हप्ता रन स्थगित गरिएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic