धरान रन ७०० औं हप्ता सम्पन्न

  • असोज ४, २०८२
  • १,८९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोजः धरानमा जारी धरान रनले सफलता पूर्वक ७ सय हप्ता पुरा गरेको छ ।

धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले शनिवार ७सय औं औं हप्ता पुरा गरेको हो ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै शुरु भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको धरानका अध्यक्ष हेमन सुनुवारले जानकारी दिए ।

स्थापनाको समयदेखि नै धरान रन प्रत्येक शनिबार बिहान ७ बजे यलम्बर पार्कबाट शुरुवात हुने गर्छ ।

सानो संख्याबाट शुरु गरेको धरान रन प्रत्येक वर्ष हजारौको धावकको संख्यामा नेवा च्यारिटी १० के धरान रन प्रतियोगितासम्म आयोजना गर्न सफल हुदै आएको छ ।

सो रनमा नेपालकै सर्वाधिक धावक धाविका सहभागी हुने दौडको रुपमा रहेको आयोजकको दावी रहेको छ ।

प्रतियोगिताबाट बचत भएको रकमले विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदैआएको र विगतमा विभिन्न असहाय व्यक्ति तथा संस्थाहरुलाई आर्थिक सहयोग पनि गर्दैै आएको धरान रनका अध्यक्ष सुनुुवारले वताए ।

हाल युकेमा रहेका धरान रनका संस्थापक सन्तोष राईले युकेको पार्क रनको अवधारणामा धरान रन शुरुवात गरेका थिए ।

केही वर्षयता देखि धरान रनबाट प्रेरीत भएर तरहरा रन, केरावारी रन,ताप्लेजुङ, भोजपुर रन लगायत दौड प्रतियोगिताहरु संचालन हुन शुरु भएकाछन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले धरान रनले धरानलाई खेलकुदको सहर, स्वास्थ्यप्रति सचेत सहरकोरुपमा स्थापित गर्न सफल भएको धारणा व्यक्त गरेका थिए ।

धरान रनका अध्यक्ष हेमन सुनुवारका अनुसार ७०० औं हप्ता गत साता नै पुरा भएपनि जेनजी आन्दोलनको कारण उक्त हप्ता रन स्थगित गरिएको थियो ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic