सप्तकोशीमा यस वर्ष पहिलो पटक बाढीको खतरा ३ जिल्लामा जोखिमको सन्देश पठाइयो

  • असोज १९, २०८२
  • २६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९असोजः लगातार भएको वर्षाको कारण सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ ।
सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ ।

सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ ।

यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीका अनुसार सप्तकोशी नदीको बाढीको सतह खतराको तह आज बेलुकीसम्म नै रहने पूर्वानुमान छ । भोलि बिहानसम्म सतर्कताको तहभन्दा माथि नै रहने छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic