श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ ५ पदाधिकारी र केन्द्रीय समितिमा २३ जना

  • असोज २१, २०८२
  • ४,२९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लिन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन कार्यालयमा दल दर्ता गराएकाछन् ।

साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीको अध्यक्षमा आफै रहेको निर्वाचन आयोगले जनाएको छ ।

साम्पाङको पार्टीमा ५ सदस्यीय पदाधिकारी र २३ जना केन्द्रीय सदस्य रहेकाछन् ।

HARKA ONLY साम्पाङले असोज ७ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । उनले चुनाव चिन्ह माटोको ढिस्को प्रस्ताव गरेको आयोजले जनाएको छ ।

आयोगले स्रोतका अनुसार उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ (सत्य घले) लाई प्रस्ताव गरीएको छ ।

दलको विरोध गरेर चर्चामा आउनु मात्र नभएर दलको विकल्पको रुपमा उनले धरानको नगरप्रमुख पदमा विजय समेत भएका थिए । श्रमदान गरेर चर्चामा आएका साम्पाङले देश वनाउने भन्दै पार्टी दर्ता गर्न लागेका हुन ।

युवाहरु माझ निकै लोकप्रियता कमाएका साम्पाङले पार्टी कसरी हाक्ने हुन र चुनावमा कस्तो परिणाम ल्याउलान त्यो भने हैन वाकी नै छ ।

पार्टी खोल्न लागेको चर्चा कमाएका काठमाडौंका मेयर वालेन साहसँगको पछिल्लो दुरी वढेसँगै साम्पाङको क्रेज घटन थालेको चर्चा चल्न थालेको छ ।

साम्पाङले वालेनसंग सहकार्य गरेर जान्छन कि दुरी वढाएर जान्छन त्यो भने हेर्न वाकी नै छ ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic