टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहालाई

  • असोज २५, २०८२
  • ५,०७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको टङ्क बहादुर प्रधान पत्रकारिता पुरस्कार युवा महिला सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई प्रदान गरिएको छ ।

व्लाष्ट दैनिकमा कार्यरत श्रेष्ठलाई नगद ७ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरीएको हो ।

धरानको पत्रकारीतामा सकृय श्रेष्ठलाई सम्मानको लागि नेपाल पत्रकार महासंघ सुनसरीले सिफारीस गरेको थियो ।

सिद्धि नेवाः परिषदमा शुक्रवार आयोजित कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.विक्रम प्रसाद प्रधानलाई धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गरेकोमा विशेष सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व र पुरस्कृतहरूलाई प्रमुख अतिथि भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले दोसल्ला ओढाई प्रमाण–पत्र सम्मान गरेका थिए । महेश प्रधान र श्रीमती अन्जु प्रधानले आमा बाबुको स्मृतिमा प्रतिष्ठान स्थापना गरेका हुन ।

सोही कार्यक्रमका अवसरमा धरान क्षेत्रका सामुदायिक विद्यालयका ४ जना विद्यार्थीलाई नगद छात्रवृत्ति वितरण गरिएको थियो ।

प्रतिष्ठानले धरान १७ ज्वालामुखी मावि कक्षा ११ की छात्रा सोनिया राई, धरान–१५ शिक्षा सदन कक्षा ११ की छात्रा लक्ष्मी माझी,धरान–८ ल्यावोरेटरी स्कुल कक्षा ११ की छात्रा सुस्मिता तामाङ, धरान १२ पब्लिक हाई स्कुल कक्षा ११ की छात्रा सन्याम विष्टलाई जनही नगद ७÷७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको थियो ।

उक्त अवसरमा स्पाइनल कर्डका बिरामी पुण्यप्रसाद प्याकुरेलकी छोरी एरुसा र छोरा आयुषलाई शैक्षिक सामाग्रीको लागि नगद ५ हजार ५०० प्रदान गरीएको थियो ।

धरान–१ सरस्वती आधारभूत विद्यालयलाई ६ बटा कम्प्युटर टेबुल प्रदान गरीएको थियो भने धरान–१५ ङाग्युुर डाल्मा छ्योलिङ गुम्बा भवन निर्माणार्थ १५ हजार ५ सय सहयोग प्रदान गरीएको थियो ।उक्त अवसरमा प्रमुख अतिथि न्यौपानेले प्रतिष्ठानको सामाजिक कार्य उदाहरणीय रहेको बताए ।

सम्मानीत व्यक्तित्व प्रा.डा विक्रम प्रधानले खुशी व्यक्त गर्दै सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलेको वताए ।
पुरस्कृत व्यक्तित्व श्रेष्ठले पत्रकारीता क्षेत्रमा अघि वढनको लागि थप उर्जा मिलेको वताइन ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic