छाल खवर
धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुन लागेको छ ।
युईवा युवा क्लवको आयोजनामा कार्तिक ९ गतेदेखि १३ गतेसम्म सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
क्लवका अध्यक्ष टेकनाथ राईले दिएको जानकारी अनुसार प्रतियोगितामा साविक हसनपुर गाउँ विकास समितिका वडाहरुका खेलाडीहरुको वीचमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा २० वटा टिम सहभागी हुने क्लवका अध्यक्ष राईले जानकारी दिएकाछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा दोस्रो हुने टिमले नगद ३१ हजार मेडल र तेस्रो हुने टिमले नगद ११ हजार र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष राईको भनाई रहेको छ ।
खेलाडीहरुको प्रतिभा प्रष्फु्टन गर्ने अवसरको रुपमा प्रतियोगिता आयोाजना गरीन लागेको अध्यक्ष राईको भनाई रहेको छ । खेलकुद प्रतियोगिताले खेलाडीमा भएको खेल प्रतिभालाई उजागर गरीनुका साथै खेलाडीलाई प्रोत्साहन मिल्ने पनि क्लवको विश्वास रहेको छ ।
प्रतियोगितामा करिव ५ देखि ७ लाख रुपैया खर्च अनुमान रहेको आयोजकको भनाई रहेका छ ।
गाउघरमा आयोजना गरीने यस्ता खेलकुद प्रतियोगिताहरुले युवाहरुलाई कुलतमा जानबाट रोक्नुका साथै खेल क्षेत्रमा लाग्ने प्रेरणा र प्रोत्साहन मिल्ने स्थानीय देवाहाङ्ग राईको भनाई रहेको छ ।
खेलकुद प्रतियोगिताले खेलकुदलाई मात्र नभएर आफ्नो गाउ ठाउको पहिचान पनि दिने राईको भनाई रहेको छ ।
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic