वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

  • कार्तिक ११, २०८२
  • ३,३६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो धरान वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिता मंसिर १८ बाट आयोजना हुने भएको छ ।

आयोजकले सोमवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १६ नम्वर वडाको संयोजनमा हुन लागेको प्रतियोगिता धरान रंगशालामा हुनेछ ।

पत्रकार सम्मेलनमा २० वटा वडा रहेका धरानमा सवै वडाले सहभागिता जनाउने आयोजकको विश्वास रहेको छ ।

१६ नं. वडाका अध्यक्ष मुरारी प्रसाद भट्टराईका अनुसार प्रतियोगितामा सहभागिताको लागि विद्यालयका विद्यार्थीहरूले वडाको प्रतिनिधित्व गर्न पाउनेछन् ।

वडाका महिलाहरू फुटबल खेल्न सक्षम नबनुन्जेलसम्म विद्यार्थीमार्फत नै प्रतियोगिता सञ्चालन गरिनेभट्टराईको भनाई रहेको छ ।

समाजका अध्यक्ष सुजन के सी ले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले टिमले ९० हजार रुपैयाँ, उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछन् ।

त्यसैगरी म्यान अफ द म्याच रु २ हजार, बेस्ट मिड फिल्ड, बेस्ट किपरलाई ३ हजार ५ सय र बेस्ट प्लेयरलाई ५ हजार भन्दा बढि प्रदान गरिने कायम गरिएको छ । समाजले पुरस्कार राशीमा गतसाल भन्दा केही रकम बढाएको छ ।

गतवर्षको प्रतियोगितामा २ लाख ३२ हजार ८ सय ८१ बचत गरेको संस्थाले यसपटकको प्रतियोगिताको लागि अनुमानित व्यय ११ लाख ५५ हजार प्रस्तुत गरेको छ ।

वडा वडाबाट महिला खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीन लागेको आयोजकको भनाई रहेको छ ।

खेलकुदको शहरको रुपमा परिचित धरानका उदयमान महिला फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता संयोजन गर्दै आएको वडाका अध्यक्ष भट्टराईले बताए ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic