छाल खवर
धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरीले सामूहिक देउसीसँगै उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको छ ।
सोमवार धरान–१७ स्थित गैरीटोलमा आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो ।
कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि लगायतका विभिन्न पेसा,व्यवसायमा योगदानमा पु¥याउने समुदाय भित्रका २३ जना उद्यमी व्यवासायीलाई सम्मान गरीएको समाजका अध्यक्ष साजन पुमा राइले वताउनु भयो ।
सम्मानित हुनेहरुमा शैक्षिक क्षेत्रबाट हेमन पुमा राई, शशिकला पुमा राई,रमेश पुमा राई,पुनम पुमा राई, नवराज राई,डुण्डीराज पुमा राई,दिलकुमार पुमा राई, डि.बि. पुमा राई (मुन्ना) उषा पुमा राई, शिब पुमा राई,सार्दन पुमा राई, संगीता पुमा राई, रोशन पुमा राई, नविन पुमा राई, मुस्कान पुमा राई, माइकल पुमा राई, मेनुका पुमा राई,बुद्ध पुमा राई, बिमला पुमा राई,सुनिल पुमा राई, इच्छा पुमा राई, रिताम्वर पुमा राई रहेकाछन् ।
नेपालीहरुको पर्व तिहारको देउसीसंगै समुदाय भित्रका उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मानको कार्यक्रम समेत आयोजना गरीएको र यस्ता कार्यक्रमहरुलाई आागामी दिनमा पनि निरन्तरा दिदै जाने अध्यक्ष राजन पुमा राईले वताउनु भयो ।
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic