हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै १ सय ५० स्कुल सहभागी हुने आयोजकको अपेक्षा

  • कार्तिक १३, २०८२
  • ४,७३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्कस क्विज मेनिया सिजन ४ आयोजना गर्ने भएको छ ।

स्कुलले विहिवार पत्रकार सम्मेलनको आयोजनागरी सो विषयमा जानकारी गराएको हो ।

विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो ।

धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा गतवर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको र यस पटक भने दायरा फराकिलो वनाउदै खुल्ला रुपमा गर्न लागेको सल्लाहकार झा ले वताउनु भयो ।

HIBISCUS NEWS PHOTO = 2 प्रतियोगितालाई थप प्रभावकारी वनाउन दायरा खुल्ला गरीएको र हाजिरीजवाफमा रुचि भएका जुन सुकै विद्यालयले पनि भाग लिन पाउने झा को भनाई रहेको छ ।

खरीदार लेवलको सिलेवसको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेता लगायत परिणाम ल्याउन सक्नेले लोकसेवा आयोग पास गर्न सक्ने क्षमताको विकास हुने पनि झा को दावी रहेको छ ।

झा का अनुसार यस पटक खुल्ला प्रतियोगिताको आयोजना गरीएको हुदा यस पटक पहिलो चरणमा गत वर्ष ५० वटा प्रश्न सोधिने गरेता पनि यस वर्ष १ सय प्रश्न सोधिने छ भने अंकभार पनि १ मात्र रहने छ ।
पहिलो चरणमा ग्रुपमा लिखित प्रश्न दिइनेछ र सो बाट छनौट हुने टिमले फाइनलमा सहभागी हुन पाउनेछन ।

यस वर्ष प्रतियोगिता संचालनको लागि स्कुलका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति निर्माण गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनभयो ।

समितिमा सहसंयोजक विकास साह, जनसम्पर्क समन्वयमा नयन राज राई र्र प्राविधिकतर्फ मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको निर्देशक राईले वताउनु भयो ।

प्रतियोगितामा १ सय ५० भन्दा वढी विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले वताउनु भयो ।

पुरस्कारतर्फ
प्रथम पुरस्कार नगद २० हजार, ट्रफि,मेडल र प्रमाण–पत्र
दोस्रो पुरस्कार नगद १५ हजार मेडल र प्रमाण–पत्र
तेस्रो पुरस्कार नगद ८ हजार प्रमाण–पत्र
चौथो पुरस्कार नगद ६ हजार प्रमाण– पत्र
पाँचौ पुरस्कार नगद ४ हजार प्रमाण–पत्र
छैटौ पुरस्कार नगद २ हजार प्रमाण–पत्र प्रदान गरीने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

यस पटक प्रथम पुरस्कार राशीमा गतवर्ष भन्दा वृद्धी गरीएको निर्देशक राईले जानकारी दिनुभयो ।
प्रतियोगिता पुष ९ र १० गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।

टिमको सहभागीतको संख्या हेरेर विद्यालयमा अटने अवस्था नभएमा अन्य स्थानमा पहिलो चरणको प्रतियोगिता आयोजना गरीने निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

खुल्ला प्रतियोगिता भएको हुनाले करिव १सय ५० विद्यालय सहभागी हने अपेक्षा गरीएको निर्देशक राईको भनाई रहेको छ ।

पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १० गते हुने फाइनलमा भाग लिन पाउनेछ ।

२०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल वनेको थियो ।गत वर्षको विजेता भने हिविस्कस स्कुल बनेको थियो ।

प्रतियोगितालाई स्कुलको व्राण्डको रुपमा अगाडी वढाउदै लगिने सल्लाहकार झा ले वताउनु भयो ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic