वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम्मानित

  • कार्तिक १६, २०८२
  • १,५२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी भोजपुरले संस्थामा उत्कृष्ट कारोवार गर्ने तीनजनालाई सम्मान गरेको छ ।

क्षेत्रीय कार्यालय धरानमा शनिवार आयोजित १० औं साधारण सभका अवसरमा समाजले सो सम्मान गरेको हो ।

WALAHAN NEWS PHOTO =2 सम्मानित हुनेहरुमा समाजका सदस्य बराहक्षेत्र नगरपालिका वडा नं. १ झण्डाचोकका नेत्रप्रसाद वालाहाङ राई,इटहरी–१९ का भानुभक्त वालाहाङ राई र चेली सदस्य बराहक्षेत्र नगरपालिका वडा नं.१ लालवस्तिकी देवीमाया राई रहेकाछन् ।

संस्थाले आयोजना गरेको आन्तरीक वचत कारोवारमा उत्कृष्ठ कारोवार गरेको भन्दै उनीहरुलाई सम्मान गरीएको समाजका सचिव कृपाल सिंह वालाहाङ राईले वताउनु भयो ।

उत्कष्ठ कार्य गर्नको लागि अरुलाई पनि प्रोत्साहन होस भन्ने उदेश्यले जनही ५ हजारका दरले नगद सहित सम्मान पत्रले सम्मान गरीएको सचिव राईले वताउनु भयो ।

समाजको केन्द्रीय कार्यालय भोजपुरमा भएपनि सवैलाई सहज हुने भएकोले धरानमा आयोजना गरीएको सचिव राईको भनाई रहेको छ ।

शेर बहादुर वालाहाङ राईको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि मान बहादुर खाम्लुङ रहेका थिए ।

 

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic