देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वाधार निर्माण कोषमा

  • कार्तिक २०, २०८२
  • १,८५७ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? वरावर वाडने,वनभोज खाने या रमाइलो गर्ने, वा अन्य काम गर्ने धेरैको यही उत्तर हुन्छ तर त्यो भन्दा फरक काम गरेर देखाएको छ धरान–१७ स्थित सचेत नागरिक समूह धरान–१७ ले ।

तिहारमा एक दिने देउसी खेलेर सङ्कलन भएको २ लाख १ हजार १ सय रुपैया समूहले जेन–जी आन्दोलनमा तोडफोड,आगजनी गर्दा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण कोषमा जम्मा गरेको छ ।

NAGARIK SAMUHA NWES = 2 समूहले वुधवार इलाका प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार पुर्ननिर्माण कोषको खातामा रकम जम्मा गरेको जानकारी गराएको छ ।

समूहले सो रकम राष्ट्रिय वाणिज्य बैङ्कमा खोलिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषको खाता नम्बर १९६०१००१०२०७०००४० मा मङ्गलवार जम्मा गरेको थियो ।

समूहले रकमको डिपोजिट भौचर बुधवार इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले हस्तान्तरण गरेका थिए।

पुनर्निर्माणका लागि कात्तिक ५ गते रेल्वे चोकमा वडा कार्यालयको सहकार्यमा देउसी आयोजना गरिएको थियो ।कार्यक्रमका संयोजक दयाराम थापाले सांस्कृतिक परम्परा जोगाउँदै सामाजिक उत्तरदायित्वमा हातेमालो गर्ने उद्देश्यले देउसी कार्यक्रम आयोजना गरिएको बताए।

वडाध्यक्ष भट्टराईले रकम के कति भन्दापनि राज्यलाई गारो सारो र समस्या पर्दा हरेक नागरिकले केही न केही गर्न सकियोस भन्ने उदेश्यले सहयोगको शुरुवात गरीएको वताउनु भयो ।

समूहका सदस्य रमेश खड्काले देश दुखेको वेला केही सहयोग गर्न सकियोस भनेर सहयोग गरीएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने वताउनु भयो ।

इलाका प्रशासन कार्यालयका प्रमुख रेग्मीले राज्यप्रतिको दायित्व वहन गरेकोमा धन्यवाद दिनु भएको थियो । उहाले तत्काल सो कुराको जानकारी केन्द्रमा गराउने वताउनु भयो ।

समूहले गत वर्ष २०८१ सालको भीषण बाढीका पीडितका लागि देउसी कार्यक्रमबाट सङ्कलित २ लाख ५ हजार रुपैयाँ सरकारी राहत कोषमा बुझाएको थियो ।

त्यस अघि कोरोना महामारीको समयमा समूहले खाद्यान्न वितरण, लत्ताकपडा सहयोग, होल्डिङ सेन्टर, क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय भूमिका खेलेको थियो ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic