पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्यालेन्जको उपाधि

  • मंसिर २३, २०८२
  • २९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ को उपाधि ह्यापिसन लिम्बूले हात पारेकाछन् ।

सोमवार भएको गायन प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई पछि पार्दैै लिम्वूले उपाधि हात पारेका हुन् ।

¥याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बूले उत्कृष्ट प्रस्तुति दिँदै बिजेता बनेका छन्।

लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल फस्ट रनर अप घोषित भइन् भने बिजयपुर माध्यमिक विद्यालयकी मेलिसा बराईली सेकेन्ड रनर अप र डिपोट माध्यमिक विद्यालयकी प्रज्ञा राई थर्ड रनर अप बनेकी थिइन ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरु विभिन्न उप–शीर्षकमार्फत पनि सम्मानित गरिएका थिए।

सुनाखरी एकेडेमीका अर्मन श्रेष्ठलाई बेस्ट भोकल, मेरील्यान्ड इङ्लिस बोर्डिङकी नितु तामाङलाई मस्ट एक्टिभ, जेम सेकेन्डरी इङ्लिस स्कुलकी जेनिशा राई लाई मस्ट पन्चुअल तथा बिजयपुर माध्यमिक विद्यालयका बिबेक बिशुन्खेलाई मस्ट डिसिप्लिन उप–शीर्षक प्रदान गरियो।

त्यसैगरी, परफमेन्स हिबिस्कस इङ्लिस बोर्डिङ्का सबिन बोहोरा,पर्फेक्ट पिच जेनिथ इङ्लिस स्कुलका इस्मान गजमेर, बेस्ट बेस्ट प्रेजेन्टेसन बिष्णु मेमोरियलकी सुमेधा घिमिरे, इन्करेजमेन्ट अवार्ड ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, बेस्ट रिदम च्याम्पियन सेकेन्डरी बोर्डिङका सागर गजमेर, तथा बेस्ट सङ सेलेक्शन शिक्षा सन्देश सेकेन्डरी स्कुलका अभिषेक रसाइलीले प्राप्त गरेका थिए ।

विजेता तथा उप–शीर्षक विजेताहरुलाई धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र विक्रम बेघा, हास्य कलाकार तथा अभिनेता गणेश इसारा राई, समाजसेवी नवीन राईलगायतले प्रमाण–पत्र वितरण गरेका थिए ।

प्रमुख अतिथि बेघाले गायनमा रुचि भएका विद्यार्थीलाई यस्ता कार्यक्रमले आत्मविश्वास बढाइरहेको बताए ।

प्रतियोगिताका निर्णायकमा संगीतकर्मी प्रशान्त शर्मा र बिनायक राई रहेका थिए।

आयोजक याडिकल लाइट नेपाल प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार धरानका प्रतिभावान विद्यार्थीहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको हो।

उनले प्रतिभाको निष्पक्ष मूल्यांकनका लागि भोटिङ सिस्टम हटाई शत प्रतिशत निर्णायकको निर्णयलाई आधार बनाइएकाले वास्तविक प्रतिभा उदायो भन्ने विश्वास व्यक्त गरे।

विजेताहरुलाई प्रदान गरिने नगद पुरस्कार आगामी शुक्रबार वितरण गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन सुस्मिता लिम्बू र सन्देश तिम्सिनाले गरेका थिए।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic