छाल खवर
धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को आज दोस्रो दिन तीन खेलहरु भएका छन् ।
आजको पहिलो खेल नोबेल एकाडेमी धरान ११ र एप्पल मन्टेश्वरी धरान ११ बीच भएको थियो । सो खेलमा नोबेल एकाडेमीले एकतर्फी जीत निकालेको थियो ।
खेलमा नोबेल एकाडेमीले एप्पल मन्टेश्वरीलाई ०–८ गोलले पराजित गर्यो ।
खेलमा नोबेल एकाडेमीको तर्फबाट जर्सी ७ का सोहन राईले ३ गोल गरेका थिए । यसैगरी जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले समान १र१ गोल गरेका थिए ।
एप्पल मन्टेश्वरीकोतर्फबाट १ गोल आत्मघाती भएको थियो । यी सबै गोलहरु मध्यान्तरअघिको खेलमा भइको थियो । खेलमा म्यान अफ द नोबेल एकाडेमीका खेलाडी सोहन राई भएका थिए । उनलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले पुरस्कृत गरेका थिए ।
यसैगरि आजै भएको दास्रो खेलमा आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ ले जीत सुरुवात गरेको छ । आइडलले खेलमा समिट सेकेण्डरी बोर्डिङ स्कुल, धरान–९ लाई एकतर्पिm रुपमा पराजित गरेको हो । ०–९ गोलले जित निकालेको आइडलको तर्फबाट जर्सि ७ का सौरभ राईले ३ गोल, जर्सी १० का रिकेश खत्रीले ३ गोल, जर्सी ९ का सुजल भट्टराईले २ गोल र सिर्जल गिरिले १ गोल गरेका थिए । एकतर्फी भएको यी गोलहरु मध्यान्तरअघि ६ गोल र मध्यान्तरपछि ३ गोल भएको थियो ।
खेलमा म्यान अफ द म्याच आइडलका जर्सी १० रिकेश खत्री भएका थिए । उनलाई सिद्घार्थ शिशु सदनका शिक्षक प्रदीप सुवेदीले पुरस्कृत गरेका थिए ।
यसैगरि आज भएको अन्तिम खेलमा सिद्घार्थ शिशु सदन, धरान–१६ र कारमेल हाई स्कुल धरान–१८ बीच भएको थियो । उक्त खेलमा कारमेलले ४–० गोलले विजयी भएका थिए ।
खेलमा कारमेलका जर्सी १९ का युवराज राजवीर यादवले ३ गोल र जर्सी १० का सुनेश लिम्बूले १ गोल गरेका थिए । कारमेलले मध्यान्तर अघि २ गोल र मध्यान्तरपछि २ गोल गरेका थिए ।
खेलमा म्यान अफ द म्याच कारमेलका युवराज राजवीर यादव भएका थिए । उनलाई सिद्घार्थ शिशु सदनका शिक्षक प्रदीप सुवेदीले पुरस्कृत गरेका थिए ।
कक्षा ५ सम्मका १२ वर्षभन्दामुनिका विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने २० औं ललित–अम्बर डिपो कप –२०८२ मा १६ विद्यालयको सहभागिता रहेको छ ।
भोलिको पहिलो खेल हिमशिखर सेकेण्डरी स्कुल,, इटहरी र नेपाल प्रहरी स्कुल धरान–१३ बीच हुनेछ । यसैगरि दोस्रो खेल लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल धरान –१६ र माउण्ट हर्मन एकाडेमी धरान–१८ बीच हुनेछ ।
तेस्रो खेल प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ र इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल धरान–१७ बीच हुनेछ भने चौथो खेल युनाइटेड गोर्खा एकाडेमी धरान–१५ र धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ बीच हुनेछ । प्रतियोगिताको अन्तिम खेल पुस ३ गते हुनेछ ।
डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । प्रतियोगितामा विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरि उपविजेताले विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, खेलाडीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
डिपो कपसङ्गै पहिलो खेलमा पराजित विद्यालयहरुबीच पनि प्रिितयोगिता हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार लिम्बूको सम्झाना हुने यो प्रतियोगितालाई लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ दिइएको छ।
पराजित विध्यालहरुबीच हुने दिलकुमार प्लेट च्याम्पियनका विजेता विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरि उपविजेता विद्यालयले नगद २ हजार १ सय ११ रुपैया, शिल्ड, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic