जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

  • मंसिर २८, २०८२
  • १,९८७ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ अध्यक्षमा गणेश राई चयन भएकाछन् ।
शुक्रवार धरानमा भएको प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय समिति चयन गरेको हो ।
समितिको तीन उपाध्यक्षमा डिल्ली सुव्वा,रमा कार्की र नसरुल महम्मद रहेकाछन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्वू रहेकाछन् ।
त्यसैगरी समितिको तीन सचिवमा गणेश खालिङ,कुमार सुन्वार र रन्जित साम्पाङ चयन भएकाछन् ।
सदस्यहरुमा सुमन राई,दुर्गा गुरुङ, दुर्गा राई,लगायत रहेकाछन् ।
अघिल्लो समितिका केही नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ कमिटी निर्माण गरेको हो ।
पार्टीलाई प्रदेश १ मा पहिलो पार्टी वनाउने अभियानका साथ संगठन विस्तार र निर्माणमा लाग्ने नव निर्वाचित अध्यक्ष गणेश राईले प्रतिवद्धता जनाएकाछन् ।

भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई रहेका थिए ।

हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्म ...

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– नि

छाल खवर धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र ...

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic