छाल खवर
धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवारलाई कम्वल वितरण गरेको छ ।
मञ्चले धरानमा विभिन्न मन्दिर आसपासमा रहेका विपन्नलाई कम्बल वितरण गरेको हो ।
जाडो शुरु हुन लागेकोले जाडोबाट बचाउन विभिन्न ठाउमा गरी १२२ वटा कम्बल वितरण गरीएको मञ्चका अध्यक्ष चन्द्र रतेरीया (अग्रवाल)ले जानकारी दिएकाछन् ।
आफूहरुको सानो प्रयासबाट कसैको ज्यान बचाउन र दुःखमा साथ दिन सकिन्छ भने साथ दिउ भन्ने उदेश्यले सहयोग गरेको चन्द्रको भनाई रहेको छ ।
कार्यक्रममा मारवाडी सेवा समती, मारवाडी महिला मञ्च र शनि मन्दिर समितिका पदाधिकारी र अन्यको उपस्थिति रहेको थियो ।
मारवाडी युवा मञ्चले विपन्न परिवारलाई यस अघि पनि लता कपडा र खाद्यान्न लगायत विभिन्न सामाग्रीहरु सहयोग गरी वितरण गर्दै आएको छ ।
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic