मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

  • मंसिर २९, २०८२
  • १,७४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवारलाई कम्वल वितरण गरेको छ ।

मञ्चले धरानमा विभिन्न मन्दिर आसपासमा रहेका विपन्नलाई कम्बल वितरण गरेको हो ।

जाडो शुरु हुन लागेकोले जाडोबाट बचाउन विभिन्न ठाउमा गरी १२२ वटा कम्बल वितरण गरीएको मञ्चका अध्यक्ष चन्द्र रतेरीया (अग्रवाल)ले जानकारी दिएकाछन् ।

आफूहरुको सानो प्रयासबाट कसैको ज्यान बचाउन र दुःखमा साथ दिन सकिन्छ भने साथ दिउ भन्ने उदेश्यले सहयोग गरेको चन्द्रको भनाई रहेको छ ।

कार्यक्रममा मारवाडी सेवा समती, मारवाडी महिला मञ्च र शनि मन्दिर समितिका पदाधिकारी र अन्यको उपस्थिति रहेको थियो ।

मारवाडी युवा मञ्चले विपन्न परिवारलाई यस अघि पनि लता कपडा र खाद्यान्न लगायत विभिन्न सामाग्रीहरु सहयोग गरी वितरण गर्दै आएको छ । 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic