हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्धारा सम्मान

  • पुस २, २०८२
  • २४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था
एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल वनेको छ ।

धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो ।

हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गर्नेछ ।

त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ ।

विजेतालाई मात्र नगद पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक विविशा वस्नेतले जानकारी दिएकी छिन् ।

केही दिनपछि कार्यक्रम आयोजना गरेर पुरस्कार वितरण गरीने वस्नेतले जानकारी दिएकी छिन् ।

यसैवीच हिविस्कस स्कुलले वुधवार विजेता आफ्ना विद्यार्थीहरुलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई प्रोत्साहन र प्रेरणा दिनको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

हिविस्कस स्कुलले यही पुष ९ र १० गते स्कुलस्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिताको तयारी गरेको छ ।

हाजिरी जवाफलाई स्कुलको व्राण्ड वनाएको हिविस्कस स्कुलले अधिकांश प्रतियोगिताहरुमा सफलता हासिल गर्दै आएको छ ।

 

 

 

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

डिपो कप

छाल खवर  धरान,२९ मंसिरः डिपो माध्यमिक विद्याल धरान–१८ ले आयोजना ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

छाल खवर मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साई ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic