हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

  • पुस ५, २०८२
  • ३५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) को तयारी पुरा भएको आयोजकले जनाएकोछ ।

हिबिस्कस ईङिलस बोर्डिङ स्कुलको ब्यवस्थापन, शिव गंगा टोल विकास संस्था धरान १५ र हिबिस्कस बाल क्लब, धरान १५ ले शनिवार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।

कोशी प्रदेश स्तरिय हाजिरी जवाफ प्रतियोगितामा ४४ वटा स्कुलले सहभागिता हुने हाजिरी जवाफ प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक सुवास मोक्तानले जानकारी दिएकाछन् ।

मोक्तानले धरान उपमहानगरपालिकाबाट २८, इटहरी उपमहा नगरपालिकाबाट ६, मोरङ जिल्लाबाट ३, बराहक्षेत्र नगरपालिकाबाट ४, रामधुनी नगरपालिकाबाट १ र इनरुवा नगरपालिकाबाट २ गरेर सामुदायिक र संस्थागत बिद्यालयले सहभागिता जनाउने वताए ।

प्रतियोगितालाई थप प्रभावकारी बनाउन दायरा खुल्ला गरिएको र हाजिरी जवाफमा रुचि भएका जुन सुकै विद्यालयले पनि भाग लिन पाउने प्रावधान राखिएको हिविस्कस स्कलका निर्देशक गंगाराम राईले बताए ।

खरीदार लेबलको सिलेवसको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेताले लोकसेवा आयोग पास गर्न सक्ने क्षमता राख्ने आयोजकको ठहर छ ।

पहिलो चरणबाट फाइनलमा प्रवेश गरेका ६ वटा टिमले फाइनलमा भाग लिन पाउनेछन् ।

प्रथम हुने टिमले नगद २० हजार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण–पत्र, तेस्रो हुने टिमले ८ हजार प्रमाण–पत्र, चौंथो हुने टिमले नगद ६ हजार प्रमाण–पत्र, पाचौ हुने टिमले ४ हजार प्रमाण–पत्र र सान्तवना हुने टिमले २ हजार नगद प्रमाण(पत्र प्राप्त गर्नेछन् ।

हिविस्कस स्कुलले हाजिरी जवाफ प्रतियोगितालाई आफ्नो व्राण्ड वनाउदै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic