हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

  • पुस ९, २०८२
  • १,३१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया–२०८२ (सिजन–४) को बुधबार सम्पन्न पहिलो चरणबाट ६ विद्यालय फाइनलमा प्रवेश गरेकाछन् ।

फाइनलमा प्रवेश गर्ने विद्यालयहरूमा आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान,धरान मेघा हिमालयन स्कुल धरान, महेन्द्र माध्यमिक विद्यालय तित्रिगाछी बराहक्षेत्र, जीवन ज्योती बोर्डिङ स्कुल बराहक्षेत्र, साजिलाल मा.वि.सुन्दरहरैचा मोरङ र तरहरा मोडेल एकेडेमी रहेको प्रतियोगिता संयोजक सुवास मोक्तानले जानकारी दिएकाछन् ।

प्रतियोगिताका निर्णायकमा नवदीप साह र सुरेश रेग्मी रहेका छन्।

प्रतियोगिताको फाइनल बिहीबार स्कुलको प्राङ्गणमा हुने हिबिस्कस स्कुलका निर्देशक गङ्गाराम राईले जानकारी दिए।

फाइनलमा प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र, दोस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँ, तेस्रो हुने टोलीले नगद ८ हजार रुपैयाँ, चौथो हुने टोलीले नगद ६ हजार रुपैयाँ, पाँचौँ हुने टोलीले नगद ४ हजार रुपैयाँ तथा सान्त्वना टोलीले नगद २ हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

HIBISCHUS NEWS PHOTO = 2 शैक्षिक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) लाई हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो पहिचान र शैक्षिक ब्रान्डका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

प्रतियोगिताका संयोजक मोक्तानका अनुसार छनोट चरणमा धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, तरहरा र मोरङ लगायत कोशी प्रदेशभरिका ४५ विद्यालयले सहभागिता जनाएका थिए।

स्कुलको प्राङ्गणमा आयोजित छनोट चरण कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेश कुमार इबारम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, हिबिस्कस स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्रतियोगिताका संयोजक सुबास मोक्तानले गरेका थिए भने क्विज मास्टरको भूमिका शिक्षक नयन राईले निर्वाह गरेका थिए।

प्रतियोगिताका प्रेस संयोजक भोला श्रेष्ठ, सल्लाहकार पवन झा लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic