हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

  • पुस १०, २०८२
  • २,९७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया सिजन–४ को उपाधि साजिलाल मा.विले हात पार्न सफल वनेको छ ।

विहिवार सम्पन्न भएको फाइनल प्रतियोगितामा साजिलालले अन्य विद्यालयलाई पछि पार्दै उपाधी हात पारेको हो ।

प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।

प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी बराहक्षेत्रले दोस्रो स्थान प्राप्त गरेको छ । जीवन ज्योतिले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।

त्यसैगरी धरान मेघा हिमालयन स्कुलले तेस्रो स्थान हात पारेको छ उसले नगद ८ हजार रुपैया र मेडल प्रमाण पत्र हात पारेको छ ।

HIBISCUS NEWS MEGHA उता महेन्द्र माध्यमिक विद्यालय, तित्रिगाछी बराहक्षेत्रले चौथो स्थानमा चित्त वुझाउनु परेको छ । महेन्द्र मा.वि.ले नगद ६ हजार रुपैयाँ प्रमाण–पत्र हात पारेको छ ।

HIBISCUS SAMMAN NEWS PHOTO त्यस्तै तरहरा मोडल एकेडेमी इटहरीले पाचौ स्थान हात पार्दै नगद ४ हजार प्रमाण पत्र हात पारेको छ भने आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुलले छैटौ स्थान हासिल गरी नगद २ हजार प्रमाण–पत्र हासिल गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा तथा निर्णायकद्वय नवोदिप साह र सुरेश रेग्मीले विजेता तथा सहभागी टिमहरुलाई पुरस्कार वितरण गरे।

सो अवसरमा उपमेयर बेघाले यस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीहरुको सोच्ने र स्मरण गर्ने क्षमता वृद्धि गर्नुका साथै भविष्यमा लोकसेवा आयोगको तयारीमा समेत सहयोग पुग्ने बताए।

स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबेले प्रतियोगितालाई आगामी दिनमा अझ व्यापक बनाउँदै देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए।

स्कुलका सल्लाहकार पवन झाले हिबिस्कस स्कुल रहुन्जेलसम्म क्विज मेनिया निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

बुधबार सम्पन्न छनोट चरणमा सहभागी ४५ विद्यालय मध्ये उत्कृष्ट ६ विद्यालय ग्रान्ड फिनालेमा प्रवेश गरेका थिए। विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलका निर्देसक गङ्गाराम राईले बताए ।

प्रतियोगिताको क्विज मास्टर शिक्षक नयन राज राईले बताए।

सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic