हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन सम्मानित

  • पुस ११, २०८२
  • २,५२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार्षिक उत्सवका अवसरमा चार जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, सामाजिक अभियन्ता ललित योञ्जन,प्रकाश गिरी र अस्थायी प्रहरी चौकी श्याम चोक रहेकाछन् ।

पत्रकार राईलाई पत्रकारीताको माध्यमबाट विद्यालयलाई योगदान गरेको भन्दै नगद ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

HIBISCUS NEWS PHOT = 2 पत्रकार राई विगत तीन दशक भन्दा लामो समयदेखि पत्रकारीतामा सकृय रहेकाछन् ।

सामाजिक अभियन्ता योञ्जन श्याम चोक समाजका युवा अध्यक्ष हुन उनले लामो समयदेखि समाजसेवामा अहोरात्र खटीरहेकाछन् ।

अर्का समाजसेवी गिरी निड फर व्लडका अध्यक्ष हुन । रगतको अभावमा कुनैपनि विरामीले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रगतको अभावमा तडपिरहेका विरामीका लागि रगतको व्यवस्था गर्न सधैव लागि रहने गरेकाछन् ।

त्यस्तै स्कुलसंगको हरेक सामाजिक कार्यमा सहकार्य गरेको भन्दै अस्थायी प्रहरी चौकी श्याम चोकका इन्चार्ज गुलावचन्द सरदार पनि सम्मान गरीएको थियो ।

शुक्रबार स्कुलको प्राङ्गणमा आयोजित बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई सम्मान गरीएको थियो ।

स्कुलका निर्देशक गङ्गाराम राईको अध्यक्षता तथा संविधान सभाका सदस्य किरण कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान–१५ का वडाध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा–९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

संविधान सभाका सदस्य कार्यक्रमका प्रमुख अतिथि किरण कुमार राई, विशेष अतिथि वडाध्यक्ष नरेश इवारम तथा स्कुलका प्रवन्ध निर्देशक गंगाराम राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रमुख अतिथि राईले आफ्ना छोराछोरीले कस्तो शिक्षा लिइरहेका छन् भन्ने विषयमा अभिभावकले निरन्तर चासो राख्नुपर्ने बताए। धरान–१५ मा रहेर हिबिस्कस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

HIBISCUS NEWS PHOTO = 3 त्यस्तै ब्लड फर निडका केन्द्रीय कोषाध्यक्ष प्रकाश गिरिले मानिसको शरीरमा अनावश्यक रगत हुने भएकाले रक्तदानमार्फत जीवन बचाउन सकिने बताउँदै अभिभावकहरूलाई रक्तदान गर्न आग्रह गरे। धरान–१५ का वडाध्यक्ष इबारमले हिबिस्कस स्कुल शैक्षिक गुणस्तरसहित विभिन्न गतिविधिमा अब्बल रहेको बताए।स्कुलका सल्लाहकार पवन झाले छोराछोरीहरुको पढाइ प्रती चासो राख्न र रेखदेख गर्न आग्रह गरे।

अभिभावकको तर्फबाट बबिना राईले मन्तव्य राखिन्। स्कुलकी प्रिन्सिपल पार्वती लिम्बुले स्वागत मन्तव्य व्यक्त गरिन् भने शिक्षिका तथा प्राइमरी इन्चार्ज गीता राईले स्कुल यहाँसम्म आइपुग्न अभिभावकहरूको ठूलो योगदान रहेको बताउँदै धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा धरान इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नेत्र जिमी, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन शिक्षक नयनराज राई तथा विद्यार्थीहरूले गरेका थिए।

कार्यक्रमको अवसरमा विद्यार्थीहरूले गीत, नृत्य, याम्प वाक तथा फेसन शो प्रस्तुत गरी अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

JANAK G FINAL PHOTO HIBISCUS NEWS PHOTO = 4 HIBISCUS NEWS PHOTO = 7 HIBISCUS NEWS PHOTO = 6 HIBISCUS NEWS PHOTO = 5

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic