सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवेश

  • पुस १२, २०८२
  • १,७८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत चौथो दिनको खेलमा सिद्धार्थ बोडिङ स्कुल र माउण्ट हर्मन एकेडेमी क्वाटर फाइनलमा प्रवेश गरेकाछन् ।

सिद्धार्थ वोडिङ स्कुलले आदर्श इङ्लिस स्कुललाई १–० गोल र दोस्रो खेलमा माउण्ट हर्मनले सफल सिद्धार्थ एकेडेमीलाई २–० गोलले पराजित गर्दे क्वाटर फाईनलमा प्रवेश गरेका हुन् ।

शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिताको पहिलो खेलमा सिद्धार्थ सेकेन्डरी स्कुल मोरङका निपेश तामाङको दोस्रो हाफको २७ औ मिनेटमा भएको गोल नैनिर्णयक गोललेनै सिद्धार्थलाई क्वारफाईनलमा पुुरयाएको हो ।

खेलको म्यान अफ द म्याच सिद्धार्थका जेम्स देवान भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।

चौथो दिनको दोस्रो खेलमा माउन्ट हर्मन एकेडेमी धरानले सफल सिद्धार्थ एकेडेमी मोरङलाई २–० गोलको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।

खेलको दोस्रो हाफको १२औँ र ३३औ मिनेटमा माउण्ट हर्मनका प्रिन्स बिष्ट को २ गोलको ह्याट्रिकले टिमलाई अग्रता दिलाएका थिए। सफल सिद्धार्थले पटक पटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन।

खेलको म्यान अफ द म्याच दुई गोलले हयाट्रिक गरेका प्रिन्स बिष्ट भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रफीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।

प्रतियोगिताको आईतबार हुने खेल अन्तर्गत पहिलो खेल ज्ञानोदय मावि धरान र पिनाकल ज्ञान मन्दिर मोरङ बिच हुने छ भने दोस्रो खेल डिपोट स्कुल धरान र नेपाल पुलिस स्कुल धरान (निलो) बिच हुने आयोजकले जनाएको छ।

यसैवीच प्रतियोगिताको नियमावली विपरित खेलाडी प्रवेश गराई प्रतियोगितामा सहभागी भएको प्रमाणित भएको हुँदा निदि सेकेण्डरी स्कुल विर्तामोड, झापालाई उक्त खेलको विजेता घोषणा गरिएको जानकारी गराइन्छ ।

मिति २०८२र०९र१० गते भएको प्रतियोगितामा बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल, मोरङले निदि सेकेण्डरी स्कुल, विर्तामोड, झापालाई २(१ गोल अन्तरले पराजित गरेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic