नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइनल प्रवेश

  • पुस १३, २०८२
  • १,५६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत आइतवार भएको पाचौं दिनको पहिलो खेलमा पिनाकल स्कुल र दोस्रो खेलमा नेपाल पुलिस स्कुल (निलो)ले क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा पिनाकल ज्ञान मन्दिर मोरङका सक्षम राज थापाको दोस्रो हाफको १९औ मिनेटमा भएको निर्णायक गोल ले नै पिनाकललाई क्वारफाईनलमा पुर्‍याएको थियो ।

खेलको म्यान अफ द म्याच पिनाकलका निहाङ राई घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

दोस्रो खेलमा नेपाल पुलिस स्कुल निलोले ट्राईबेकरमा डिपोट स्कुल धरानलाई ४–१ गोलको अन्तरले पराजित गर्दै क्वाटर फाइनल तय गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो ।

ट्राईबेकरमा नेपाल पुलिस स्कुल निलोका जोनेक्स राई, स्वर्णिम याक्खा, स्वपिनल याक्खा र उज्ज्वल घतानीले गोल गरेका थिए ।डिपोट स्कुलका आयन लिम्बुले गोल गरेका थिए भने जोन लिम्बु र बचन राईको गोल प्रहार विफल भएको हो ।

खेलको म्यान अफ द म्याच नेपाल पुलिस निलोका प्रतीक जङ्ग थापा घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको सोमबार हुने पहिलो क्वाटर फाइनल खेल अन्तर्गत पहिलो खेल नेपाल पुलिस स्कुल रेड र निधी स्कुल बिच हुने छ भने दोस्रो खेल सिद्धार्थ बोर्डिङ स्कुल र माउन्ट हर्मन धरानबिच हुने आयोजकले जनाएको छ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic