नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइनल प्रवेश

  • पुस १३, २०८२
  • १०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत आइतवार भएको पाचौं दिनको पहिलो खेलमा पिनाकल स्कुल र दोस्रो खेलमा नेपाल पुलिस स्कुल (निलो)ले क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा पिनाकल ज्ञान मन्दिर मोरङका सक्षम राज थापाको दोस्रो हाफको १९औ मिनेटमा भएको निर्णायक गोल ले नै पिनाकललाई क्वारफाईनलमा पुर्‍याएको थियो ।

खेलको म्यान अफ द म्याच पिनाकलका निहाङ राई घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

दोस्रो खेलमा नेपाल पुलिस स्कुल निलोले ट्राईबेकरमा डिपोट स्कुल धरानलाई ४–१ गोलको अन्तरले पराजित गर्दै क्वाटर फाइनल तय गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो ।

ट्राईबेकरमा नेपाल पुलिस स्कुल निलोका जोनेक्स राई, स्वर्णिम याक्खा, स्वपिनल याक्खा र उज्ज्वल घतानीले गोल गरेका थिए ।डिपोट स्कुलका आयन लिम्बुले गोल गरेका थिए भने जोन लिम्बु र बचन राईको गोल प्रहार विफल भएको हो ।

खेलको म्यान अफ द म्याच नेपाल पुलिस निलोका प्रतीक जङ्ग थापा घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको सोमबार हुने पहिलो क्वाटर फाइनल खेल अन्तर्गत पहिलो खेल नेपाल पुलिस स्कुल रेड र निधी स्कुल बिच हुने छ भने दोस्रो खेल सिद्धार्थ बोर्डिङ स्कुल र माउन्ट हर्मन धरानबिच हुने आयोजकले जनाएको छ।

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic