१३ औं भेडेटार फेस्टिभलको तयारी पुरा

  • पुस १४, २०८२
  • ३ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आयोृजना हुदै आएको भेडेटार फुड फेस्टिभलको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

अंग्रेजी वर्षको सुनसरी र धनकुटाको सीमामा पर्ने पर्यटकिय स्थल आयोजकले दिएको जानकारी अनुसार १३ औँ भेडेटार फुड फेस्टिभलको तयारी पुरा भएको छ ।

महोत्सवमा भेडेटारमा साना, मध्यम तथा तारेस्तरका सहित करिब २०० होटेल पूर्ण रूपमा सञ्चालनमा छन्।

फेस्टिभलले भेडेटारमा जातीय तथा अर्ग्यानिक खानाको प्रवर्द्धनका साथै होटेल, होमस्टे र समग्र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको होटेल एसोसिएसन भेडेटारले जानकारी दिएको छ।

१३ औँ भेडेटार फुड फेस्टिभलको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्वुले महोत्सवको तयारी पुरा भएको जानकारी दिएका छन् ।

पौष १६ देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३० हजारदेखि ५० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष लिम्वुको भनाई रहेको छ ।

के के छन् फेस्टिभलका मुख्य आकर्षणहरु ः

फेस्टिभलमा घरेलु उत्पादनको स्टल,, अर्ग्यानिक तरकारी तथा फलफूल, हस्तकला , जातीय खानाको प्रदर्शनी,मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने अध्यक्ष लिम्वुको भनाई रहेको छ ।

माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिप लाइनजस्ता साहसिक पर्यटन गतिविधि पनि महोत्सवको थप आर्कषण रहेको लिम्वूको भनाई रहेको छ ।

के के छन् भेडेटारका पर्यटन पूर्वाधार

भेडेटार क्षेत्रमा ५०÷६० वटा साधारण, ५०÷६० वटा मध्यमस्तरीय र ८–१० वटा तारे होटेल सञ्चालनमा रहेको र नाम्जे र डाँडा बजारका होमस्टेमा एकै पटक ४०० देखि ५०० पर्यटक अटाउन सक्ने क्षमता रहेको आयोजकको भनाई रहेको छ ।

थप पूर्वाधारमा लार्लीबसा र रिडी रिसोर्टजस्ता उच्चस्तरीय होटेल सञ्चालनमा छन् भने १५ देखि २० करोड रुपैयाँ लगानीको एशियाटिक होटेल निर्माणाधीन अवस्थामा छ। यी पूर्वाधार सम्पन्न भएपछि भेडेटारमा वार्षिक १ लाख ५० हजारदेखि २ लाख पर्यटक आगमन हुने आयोजकको दावी रहेको छ ।

एशोसिएसनका अध्यक्ष लिम्वूले लिम्बुले फेस्टिभलले अर्ग्यानिक खानाको प्रवर्द्धन,स्थानीय जातीय खाना, होमस्टे र पर्यटन व्यवसायलाई थप चलायमान बनाउने दावी गरेकाछन् ।

कृषि मेला प्रदर्शनी पनि सञ्चालन हुने

फुड फेस्टिभलको अवसरमा साँगुरीगढी गाउँपालिकाको कृषि विकास शाखामार्फत कृषि मेला प्रदर्शनी सञ्चालन गरिनेछ। गाउँपालिकाभित्रका कृषकहरूले आफ्ना कृषि उत्पादन प्रदर्शनीमा राख्न सक्नेछन् ।

होटेल एसोसिएसन भेडेटारको आयोजना हुन लागेको महोत्सवमा सह–आयोजकमा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका छन्। मुख्य प्रायोजकका रूपमा गोर्खा ब्रुअरी र नेपाल पर्यटन बोर्ड रहेका छन्। महोत्सवलाई पर्यटनको व्राण्ड वनाउने अपेक्षा आयोजकको रहेको छ ।

 

 

 

 

 

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic