छाल खवर
धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बिदा दिइएको छ।
केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो तथा शीतलहरका कारण विद्यालय विदा गरीएको हो ।
धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयमा पठनपाठन, परीक्षा तथा अन्य सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरिएको हो। नगर प्रमुखस्तरीय निर्णयअनुसार उक्त अवधिलाई मिनपचास विदाबाट कट्टा हुने गरी बिदा दिइएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढ्नुका साथै नियमित पठनपाठनमा कठिनाइ उत्पन्न भएकाले विद्यालय बिदा गर्ने निर्णय गरिएको शिक्षा महाशाखाका अधिकृत ध्रुव खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।
धरान उपमहानगरपालिकाले उक्त अवधिमा विद्यालयका कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न सबै विद्यालय प्रशासनलाई निर्देशन दिएको छ।
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic