डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

  • पुस २०, २०८२
  • २,४५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान ९रातो० ले हात पारेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पुलिस स्कुलले धरानकै प्रभात सेकेन्डरी बोर्डिङ स्कुललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

पुलिस स्कुलका जर्सी नम्बर ७ का विकास मगरले गरेको पहिलो गोल नै च्याम्पीयन हुनका लागि निर्णायक वनेको थियो । विजेता वनाउन सफल मगर फाइनल खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १ हजार ५ रुपैयाँ समेत प्राप्त गर्न सफल वनेका थिए ।

उपाधिसँगै पुलिस स्कुलले ट्रफी, नगद ८१ हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र हात पारेको छ।

उपविजेता प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले ट्रफी, नगद ४१ हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिस स्कुलका समिर राई घोषित भए। उनले ट्रफीसँगै नगद ३ हजार ५ रुपैयाँ प्राप्त गरे। प्रतियोगिताभरि ५ गोल गरेका समिर हाइ स्कोरर समेत बन्दै थप २ हजार ५ रुपैयाँ पुरस्कार पाए।

क कस्ले के पाए उपाधि

बेस्ट कोचः पुलिस स्कुलका सागर कार्की
बेस्ट मिडफिल्डरः प्रभात स्कुलका जर्सी नं. १० नेम्साङ राई
बेस्ट डिफेन्डरः प्रभात स्कुलका जर्सी नं। २ रिदम पाण्डे
बेस्ट गोलकिपरः पुलिस स्कुलका जर्सी नं. १६ सोनाहाङ राई
उदयीमान खेलाडीः पुलिस स्कुल (निलो) का जर्सी नं. २ यारिन भुजेल
घोषित भए। उनीहरूले जनही नगद २ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।

विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं डिआइजी विनोद घिमिरे, धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एसएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल, पुलिस स्कुलकी प्राचार्य मनिका सुब्बा (राई), प्रतियोगिताका संयोजक तथा विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायु र राष्ट्रिय अनुसन्धान कोशी प्रदेश कार्यालय धरानका अनुसन्धान निर्देशक एवं डिआइजी इन्द्रसिंह लामा लगायतले पुरस्कार वितरण गरेका थिए।

२०५८ सालदेखि सुरु भएको डिआइजिपी कप छैटौं संस्करणसम्म सञ्चालन भई २०६३ पछि रोकिएको थियो। करिब १९ वर्षपछि पुनः सञ्चालन भएको प्रतियोगितामा आयोजक पुलिस स्कुल पहिलो पटक फाइनल खेल्दै नयाँ च्याम्पियन बनेको हो।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic