युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

  • पुस २२, २०८२
  • २,४५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापना दिवसको अवसरमा विभिन्न पदमा पुग्न सफल पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सोमबार स्कुलको प्राङ्गणमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

स्कुलले २०५६ सालदेखि २०८१ सम्मका एस.एल.सी. तथा एस.ई.ई. टपर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

सो अवसरमा युरेका स्कुलबाट अध्ययन पूरा गरी स्वदेश तथा विदेशका विभिन्न स्थानमा डाक्टर, इन्जिनियर, बैंकर, सेना, प्रहरी, निजामती सेवासहित विभिन्न उच्च ओहदामा पुग्न सफल पूर्व विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो ।

सम्मानित विद्यार्थीहरु तथा अनुपस्थित पूर्व विद्यार्थीका अभिभावकहरुलाई स्कुलका प्रिन्सिपल कुरन चेम्जोङ र संस्थापक सदस्य सुदिप यल्मोले विशेष मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

यसै अवसरमा जुनियर तथा सिनियर खेलकुद प्रतियोगितामा सहभागी भई विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

स्कुलका प्रिन्सिपल कुरन चेम्जोङले सो अवसरमा विज्ञान, ए.आई., पुस्तक, स्वास्थ्य, रोबोटिक्स, कला तथा म्याथम्याटिक्स सम्बन्धी प्रदर्शनी स्टलहरु पनि राखिएको जानकारी दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले स्कुलको जन्मदिन सम्बन्धी गीत तथा कविता साथै आकर्षक नृत्य र गीतमार्फत अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक पर्शुराम खतिवडाले गरेका थिए।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic