युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

  • पुस २२, २०८२
  • २,१८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापना दिवसको अवसरमा विभिन्न पदमा पुग्न सफल पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सोमबार स्कुलको प्राङ्गणमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

स्कुलले २०५६ सालदेखि २०८१ सम्मका एस.एल.सी. तथा एस.ई.ई. टपर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

सो अवसरमा युरेका स्कुलबाट अध्ययन पूरा गरी स्वदेश तथा विदेशका विभिन्न स्थानमा डाक्टर, इन्जिनियर, बैंकर, सेना, प्रहरी, निजामती सेवासहित विभिन्न उच्च ओहदामा पुग्न सफल पूर्व विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो ।

सम्मानित विद्यार्थीहरु तथा अनुपस्थित पूर्व विद्यार्थीका अभिभावकहरुलाई स्कुलका प्रिन्सिपल कुरन चेम्जोङ र संस्थापक सदस्य सुदिप यल्मोले विशेष मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

यसै अवसरमा जुनियर तथा सिनियर खेलकुद प्रतियोगितामा सहभागी भई विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

स्कुलका प्रिन्सिपल कुरन चेम्जोङले सो अवसरमा विज्ञान, ए.आई., पुस्तक, स्वास्थ्य, रोबोटिक्स, कला तथा म्याथम्याटिक्स सम्बन्धी प्रदर्शनी स्टलहरु पनि राखिएको जानकारी दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले स्कुलको जन्मदिन सम्बन्धी गीत तथा कविता साथै आकर्षक नृत्य र गीतमार्फत अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक पर्शुराम खतिवडाले गरेका थिए।

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

भेडेटार फुड फेस्टिभल शुरु ७० हजार पर्यटक भित्र्याउ

छाल खवर धरान,१६पुषः होटल एशोसियसन भेडेटारले आयोजना गरेको तीन दिने फुड ...

चिसो र शीतलहरका कारण धरानका विद्यालय तीन दिन बिदा

छाल खवर धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामु ...

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic