निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा सार्वजनिक

  • पुस २६, २०८२
  • २,३३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति बोकेको कविता सङ्ग्रह ‘निर्झर’ पाठकमाझ आएको छ ।

कवि भानेन्द्र सम्बाहाङफेको यो कृति २०८२ मंसिर १० गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पहिलो पटक विभोजन भएपनि दोस्रो पटक धरानको शनिवार धरानमा सार्वजनिक गर्नुभएको हो ।

शनिवार धरान ९ स्थित रत्न इन होटलमा आयोजित समारोहबीच सार्वजनिक गरिएको हो ।

धरानका साहित्यकार, कविहरुको झमघटमा उहाँको सिर्जजा सार्वजनिक गरिएको हो ।

सो अवसरमा धरानका अग्रज तथा साहित्यकारहरुले ‘निर्झर’ का विषयमा टिप्पणी, विश्लेषण गरेका थिए । कार्यक्रममा प्रा.डा.गोपाल प्रसाद भण्डारी र डा जीवन राईले निर्झर का विषयमा बताउनु भएको थियो ।

यसभन्दा अगाडि काठमाण्डौमा गरिएको सार्वजनिक कार्यक्रममा वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथि रहनु भएको थियो ।

‘निर्झर’ मूलतः गद्य कविता संग्र्रह हो । यसमा छन्द र तुकको कडाइ छैन, बरु मुक्त, भावप्रधान र प्रवाहमय शैली अपनाइएको छ । शीर्षक कविता ‘निर्झर’ मा झरना, झरझरी बग्ने पानी र निरन्तर बहावलाई मानव जीवन, चेतना र समयको गतिशीलताको प्रतीकका रूपमा प्रयोग गरिएको छ ।

त्यसैले यो कविता मात्र होइन, सम्पूर्ण संग्रह नै प्रतीकात्मक, प्रकृतिप्रधान र दार्शनिक अनुभूतिको दस्तावेज बनेको छ ।

इसमा प्रकृतिपरक कविता छन्, जहाँ पहाड, नदी, झरना र जीवनको स्वाभाविक बहावलाई प्रतीक बनाएर भाव अभिव्यक्त गरिएको छ ।

यस्तै भावनात्मक तथा आत्मअनुभूतिका कवितासमेत समेटिएका छन्, जसले मनका द्वन्द्व, पीडा, आशा र संवेदनशील अनुभूति उजागर गरेको छ । यस्तै प्रेमका कविता मार्फत प्रेम, वियोग, स्मृति र मानवीय सम्बन्धका सूक्ष्म पक्ष चित्रित गरिएका छन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic