छाल खवर
धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति बोकेको कविता सङ्ग्रह ‘निर्झर’ पाठकमाझ आएको छ ।
कवि भानेन्द्र सम्बाहाङफेको यो कृति २०८२ मंसिर १० गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पहिलो पटक विभोजन भएपनि दोस्रो पटक धरानको शनिवार धरानमा सार्वजनिक गर्नुभएको हो ।
शनिवार धरान ९ स्थित रत्न इन होटलमा आयोजित समारोहबीच सार्वजनिक गरिएको हो ।
धरानका साहित्यकार, कविहरुको झमघटमा उहाँको सिर्जजा सार्वजनिक गरिएको हो ।
सो अवसरमा धरानका अग्रज तथा साहित्यकारहरुले ‘निर्झर’ का विषयमा टिप्पणी, विश्लेषण गरेका थिए । कार्यक्रममा प्रा.डा.गोपाल प्रसाद भण्डारी र डा जीवन राईले निर्झर का विषयमा बताउनु भएको थियो ।
यसभन्दा अगाडि काठमाण्डौमा गरिएको सार्वजनिक कार्यक्रममा वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथि रहनु भएको थियो ।
‘निर्झर’ मूलतः गद्य कविता संग्र्रह हो । यसमा छन्द र तुकको कडाइ छैन, बरु मुक्त, भावप्रधान र प्रवाहमय शैली अपनाइएको छ । शीर्षक कविता ‘निर्झर’ मा झरना, झरझरी बग्ने पानी र निरन्तर बहावलाई मानव जीवन, चेतना र समयको गतिशीलताको प्रतीकका रूपमा प्रयोग गरिएको छ ।
त्यसैले यो कविता मात्र होइन, सम्पूर्ण संग्रह नै प्रतीकात्मक, प्रकृतिप्रधान र दार्शनिक अनुभूतिको दस्तावेज बनेको छ ।
इसमा प्रकृतिपरक कविता छन्, जहाँ पहाड, नदी, झरना र जीवनको स्वाभाविक बहावलाई प्रतीक बनाएर भाव अभिव्यक्त गरिएको छ ।
यस्तै भावनात्मक तथा आत्मअनुभूतिका कवितासमेत समेटिएका छन्, जसले मनका द्वन्द्व, पीडा, आशा र संवेदनशील अनुभूति उजागर गरेको छ । यस्तै प्रेमका कविता मार्फत प्रेम, वियोग, स्मृति र मानवीय सम्बन्धका सूक्ष्म पक्ष चित्रित गरिएका छन् ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic