धरान–६ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थापना

  • माघ १७, २०८२
  • २,२७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघः नेकपा एमालेले सुनसरी क्षेत्र नं १ मा चुनाव प्रचार प्रसार लक्षित अभियानअन्तर्गत धरान–६ मा निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरिएको छ ।

फागुन–२१ गतेनिर्धारित प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार टीका माङ्लेन लिम्बूलाई विजय गराउन निर्वाचन परिचालन कमिटी गठन गरी कार्यालय स्थापना गरिएको एमाले धरान–६ का अध्यक्ष हरिबहादुर राईले जानकारी दिए ।

निर्वाचन परिचालन कमिटीको कार्यालयको उद्घाटन एमाले केन्द्रीय सदस्य मन्जु भण्डारीले गरिन् ।

स्थानीय पार्टी कमिटीले उम्मेदवार माङ्लेनलाई विजयको शुभकामनासहित खादा लगाएर बधाई ज्ञापन गरेका थिए । उक्त अवसरमा बोल्दै उम्मेदवार माङ्लेनले युवाहरूका मुद्दालाई सदनसम्म लाने प्रतिबद्धता जनाए ।

उनले एमालेले गरेको विकास निर्माणलाई निरन्तरता दिने बताए ।

कार्यालय स्थापनाका अवसरमा एमाले वडा कमिटीका नेता कार्यकर्तासहित कोशी प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारी, पार्टीका प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सभा सदस्यहरू रमेश बस्नेत, विजयकुमार राई, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, एमाले नेता मुरारी सुवेदी, सूर्यप्रकाश पन्धाकलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सुनसरी १ को प्रदेश सभा ख तर्फ पर्ने साबिक पाँचकन्याका ३ वटा वडा पर्ने यो क्षेत्र २०७९ मा एमालेले गुमाएको थियो । त्यसअघि एमालेका उम्मेदवार निर्वाचित हुँदै आएका थिए ।

कार्यालय स्थापनाका अवसरमा नेताहरूले पुरानो जितको विरासत फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic