धरान–६ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थापना

  • माघ १७, २०८२
  • ७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ माघः नेकपा एमालेले सुनसरी क्षेत्र नं १ मा चुनाव प्रचार प्रसार लक्षित अभियानअन्तर्गत धरान–६ मा निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरिएको छ ।

फागुन–२१ गतेनिर्धारित प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार टीका माङ्लेन लिम्बूलाई विजय गराउन निर्वाचन परिचालन कमिटी गठन गरी कार्यालय स्थापना गरिएको एमाले धरान–६ का अध्यक्ष हरिबहादुर राईले जानकारी दिए ।

निर्वाचन परिचालन कमिटीको कार्यालयको उद्घाटन एमाले केन्द्रीय सदस्य मन्जु भण्डारीले गरिन् ।

स्थानीय पार्टी कमिटीले उम्मेदवार माङ्लेनलाई विजयको शुभकामनासहित खादा लगाएर बधाई ज्ञापन गरेका थिए । उक्त अवसरमा बोल्दै उम्मेदवार माङ्लेनले युवाहरूका मुद्दालाई सदनसम्म लाने प्रतिबद्धता जनाए ।

उनले एमालेले गरेको विकास निर्माणलाई निरन्तरता दिने बताए ।

कार्यालय स्थापनाका अवसरमा एमाले वडा कमिटीका नेता कार्यकर्तासहित कोशी प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारी, पार्टीका प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सभा सदस्यहरू रमेश बस्नेत, विजयकुमार राई, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, एमाले नेता मुरारी सुवेदी, सूर्यप्रकाश पन्धाकलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सुनसरी १ को प्रदेश सभा ख तर्फ पर्ने साबिक पाँचकन्याका ३ वटा वडा पर्ने यो क्षेत्र २०७९ मा एमालेले गुमाएको थियो । त्यसअघि एमालेका उम्मेदवार निर्वाचित हुँदै आएका थिए ।

कार्यालय स्थापनाका अवसरमा नेताहरूले पुरानो जितको विरासत फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्

हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्म ...

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– नि

छाल खवर धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र ...

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic