धरानसहितको सुनसरी १ मा एमालेले बनायो गोप्य प्रचार रणनीति

  • माघ २७, २०८२
  • १,५८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ माघः सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ ।

पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन ।

सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो ।

बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको तालिका नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् ।

बैठकपछि मिडियालाई प्रतिकृया दिँदै प्रचार संयोजक राईले रणनीति बनाएको बताउँदै रणनीति के के रहेकाछन् भन्ने अहिले बताउन नमिल्ने क्रमशः परिणाममा देखिदैजाने बताए ।

राईले भने हामीले बनाएको योजनाले एमालेका उमेद्वार टिकाराम लिम्बूको जितलाई कसैले रोक्न नसक्ने दावी गरेकाछन् ।

बैठकमा उमेदवार टिकाराम लिम्बू सहभागी रहेका थिए ।

बैठकमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक मन्जु भण्डारी, कमिटीका हाइकमाण्ड तथा कोशी प्रदेशसभा सदस्यहरु विजयकुमार राई र रमेश बस्नेत लगायतका सहभागी रहेका थिए ।

प्रचार कमिटीमा को को रहेकाछन् र सचिवालय समेत गोप्य राखिएको राईले बताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic